महाकाली साहित्य सङ्गमका आजीवन सदस्य, साहित्यकार डा. पुष्करराज भट्टका पिताज्यूको को असामयिक निधन भएको खवरले मर्माहत भएक छौ। मृतकको आत्माको चिरशान्तिको कामना गर्दै शोकाकुल परिवार र आफन्तजनमा गहिरो समवेदना व्यक्त गर्दछौ ।
महाकाली साहित्य सङ्गम के. स. परिवार
हार्दिक समवेदना पुष्करजी ।
जीवन दाहाल
साहित्यकार
झापा हाल ः काठमाडौं
हार्दिक समवेदना
यस लघुकथा समाज, नेपालका सदस्य डा.पुष्करराज भट्टका पूजनीय पिता गोपालदत्त भट्टको मिति २०७७ साउन ८ गते बिहीबारका दिन ७४ वर्षको उमेरमा असामयिक देहावसान भएको खबरले हामी दुखित भएका छौँ । यस दुःखद घडीमा दिवङ्गत पिताजीप्रति हामी भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ । शोकमा पर्नुभएका डा. भट्ट एवं उहाँका सम्पूर्ण परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछौँ ।
तुलसीहरि कोइराला
सचिव
लघुकथा समाज, नेपाल
डा. पुष्करराज भट्ट सरको पिता गोपालदत्त भट्टज्यूको निधनको खबरले स्तब्ध छु । दिवंगत पिताप्रति हार्दिक श्रद्धान्जली र शोकमा रहनुभएका परिवारमा हार्दिक समवेदना छ ।
रोहित दाहाल
साहित्यकार, भक्तपुर
मेरा आत्मिय मित्र हेमराज भट्ट एवं साहित्यकार डा. पुष्करराज भट्टज्यूका पिताज्युको देहावसानको खबरले स्तब्ध भएको छु। यस दुखद घडीमा उहाँको आत्माको चिर शान्तिसहित शोकाकुल परिवारजनप्रति धैर्य धारणको कामना गर्दछु ।
उमाकान्त जोशी
फुलबारी, कैलाली
प्रगतिशील लेखक संघ नेपालका पूर्व केन्द्रिय उपाध्यक्ष एवं साहित्यकार आदरणीय डा. पुष्करराज भट्ट दाइलाई अचानक पर्नआएको पितृशोकको समाचारले स्तब्ध बनायो । दिवंगत बुवाप्रति भावपूर्ण श्रद्धान्जली एवं शोक संतप्त परिवारजनमा गहिरो समवेदना ।
फणेन्द्र साउद
साहित्यकार
डोटी, हाल ः कैलाली
२०७७ साउन ८ गते प्रगतिशील लेखक संघ नेपाल केन्द्रीय कमिटिका सल्लाहकार मेरा आदरणीय मित्र डा. पुष्करराज भट्टका पिताजी गोपालदत्त भट्टको असामयिक निधन भएको खबरले अत्यन्त दुखित तुल्याएको छ १ दुस्खको यस घडीमा मृतकको आत्माको चीरशान्तिको कामना गर्दै हार्दिक श्रद्धासुमन प्रकट गर्दछु । शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना ।
पुष्कर रिजाल
प्राध्यापक, साहित्यकार
बाँके
प्रगतिशील लेखक सङ्घ, नेपालका पूर्व केन्द्रीय उपाध्यक्ष, बर्तमान केन्द्रीय समिति सल्लाहकार सुदुरपश्चिमको साहित्यक्षेत्रलाई सँधै हराभरा बनाउन सक्रिय व्यक्तित्व ,नेपाली लघुकथामा सर्वप्रथम विद्यावारिधि गर्नुहुने अग्रज साहित्यकार डा. पुष्करराज भट्टज्युका पिता गोपालदत्त भट्टको यही मिति२०७७ साउन ८ गते धनगढी ,कैलालीमा निधन भएको दुःखद खबरले स्तब्ध पारेको छ । पिताजी गोपालदत्त भट्टप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै डा. पुष्करराज भट्टज्युलगायतका शोकसम्तप्त सम्पूर्ण परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछु ।
रमेश पन्त मितबन्धु
कञ्चनपुर अध्यक्ष, प्रलेस
हाम्रा आत्मीय दाजु, साहित्यकार डा. पुष्करराज भट्टको पुज्यनीय पिताजी मेरा मामा गोपाल प्रसाद भट्टको आज साँझ असामयिक स्वर्गवास भएको खबरले स्तब्ध छु । उहाँको दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै उहाँको परिवारजनमा यो अकल्पनीय क्षणमा धैर्य धारणाको लागी शक्ति प्राप्त होस् भनी ईश्वरसँग प्राथना गर्दै शोक सन्तप्त परिवार जनमा हार्दिक समवेदना व्यक्त गर्दछु ।
फणिन्द्रदेव भट्ट
भान्जा
हाम्रा अत आत्मीय भाइ डा. पुष्करराज भट्ट तथा जयमालिका कलेजका उपप्राध्यापक भाइ हेमराज भट्टका पिता दाजु गोपालदत्त भट्टको असामयिक निधनले अत्यन्त दुखी बनाएको छ । मृत आत्माको चीरशान्तिको कामना गर्दै शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछु ।
हेमन्ती जोशी
साहित्यकार, धनगढी २, सन्तोषीटोल
प्रगतिशील लेखक सङ्घ, नेपालका पूर्व उपाध्यक्ष, नेपाली लघुकथामा सर्वप्रथम विद्यावारिधि गर्नुहुने मेरा अनन्य मित्र साहित्यकार डा. पुष्करराज भट्टका पिताजी गोपालदत्त भट्टको यही २०७७ साउन ८ गते कैलाली, धनगढीमा निधन भएको दुस्खद खबरबाट स्तब्ध छु । पिताजी गोपालदत्त भट्टप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै मित्र डा. पुष्करराज भट्टलगायत सम्पूर्ण परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछु ।
मातृका पोखरेल
प्रलेस पूर्व अध्यक्ष
आख्यानकार,समालोचक,साहित्यकार मित्र डा. पुष्करराज भट्टजिका पिता गोपालदत्त भट्टको हिजो उपचारको क्रममा स्वर्गवास भएको खबरले दुखित बनाएकोछ। स्वर्गीय आत्माको चिरशान्तिको कामना सहित भावपुर्ण श्रद्धाञ्जली एवं शोकाकुल परिवारजनप्रति गहिरो समवेदना ।
निरञ्जन बम त्रिमधु मुस्कान
साहित्यकार
यहि २०७७ साउन ८ गते साहित्यिक अभियन्ता डा. पुष्करराज भट्टलाई पितृशोक परेको खबरले दुःखी बनायो। उहाँका आदरणीय पिता गोपालदत्त भट्टको देहावसान भएकोमा आदरणीय पिताप्रति हार्दिक श्रद्धाञ्जलि एवं शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना। म धनगढी हुँदा उहाँसँग कैयौँ पटक भेट हुँदा मैले उहाँमा समाजमा देखा परिरहेको मूल्यहरूको ह्रासप्रति चिन्ता र चासो पाएको थिएँ। पिताजीको सरलतम व्यक्तित्व सदैव स्मृतिमा रहनेछ।
भुवन बोहरा
साहित्यकार
आदरणिय प्रगतिशील साहित्यकार दाजु डा.पुष्करराज भट्टमा पितृ शोक परेको खबरले स्तब्ध बनाएको छ । बुवाप्रति हार्दिक श्रद्धाञ्जली र समस्त परिवारजनमा समबेदना र त्यो पीडालाई सहने शक्ति ईश्वरले देउन ।
चक्र चनारा
साहित्यकार
धनगढी, कैलाली
नेपाल प्रज्ञा प्रतिष्ठानबाट त्रैमासिक रूपमा प्रकाशन हुने गरेको गद्यप्रधान पत्रिका (समकालीन साहित्य) का सम्पादक तथा साहित्यकार डा. पुष्करराज भट्टका पूजनीय पिताजी गोपालदत्त भट्टको आज मिति २०७७ श्रावण ८ गते बिहीबारका दिन साँझ ७ ः ०० बजे ७४ वर्षको उमेरमा देहावसान भएको खबरले अत्यन्त दुःखित तुल्याएको छ । यस दुःखद घडीमा कीर्तिशेष भट्टप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै पितृवियोगको पीडामा रहनुभएका पुष्करराज भट्टलगायत शोकसन्तप्त समस्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछु।
जगतप्रसाद उपाध्याय
सदस्य सचिव, नेपाल प्रज्ञा प्रतिष्ठान
साहित्यकार मित्र डा. पुष्करराज भट्ट तथा जयमालिका कलेज धनगढीका उपप्राध्यापक हेमराज भट्टका पिताश्री गोपाल भट्टको आज साँझ उपचारको क्रममा ७४ बर्षको उमेरमा निधन भएकोमा स्तब्ध भएको छु । मृत आत्माको चिरशान्तिको कामना सहित शोक सन्तप्त परिवारजनमा हार्दिक समबेदना ।
टोपेन्द्र शाह रसिक
साहित्यकार
धनगढी, कैलाली
हाम्रा अत्यन्त प्रिय मित्र, साहित्यकार तथा मदन भण्डारी कला साहित्य प्रतिष्ठानका केन्द्रीय सदस्य डा. पुष्करराज भट्टका पूजनीय पिता गोपालदत्त भट्टको निधनको खबरले मर्माहत भएको छु । यस दुःखद घडीमा कीर्तिशेष पिताजीप्रति हार्दिक श्रद्धाञ्जली तथा पुष्करजीलगायत शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।
डा. देवी नेपाल
महासचिव, मदन भण्डारी कला साहित्य प्रतिष्ठान
प्यारो साथी डा. पुष्करराज भट्टको बुवाको मृत्युको खवर सुन्दा दुःख लाग्यो । बुवाप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकाकुल परिवारजनमा समवेदना ब्यक्त गर्दछु ।
उदय श्रेष्ठ
संगीतकार, पूर्व प्राज्ञ नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान
आत्मिय मित्र, साहित्यकार डा. पुष्करराज भट्टज्यूका बुवाको देहावसानको खबरले स्तब्ध भए। यस दुःखद घडीमा उहाँको आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछु।
मानबहादुर जोरा
उपप्राध्यापक, कैलाली बहुमुखी क्याम्पस
हार्दिक श्रृद्धासुमन प्रिय मित्र गोपालजी । यहाँको आत्मालाई शान्ति मिलोस्, बैकुण्ठवास होस् । परिवारजनमा हार्दिक समवेदना । ओम शान्ति ।।।
कोमल कोइराला
पूर्व सहकर्मी, नेपाल राष्ट बैंक
आत्मीय मित्र डा. पुष्करराज भट्टका पूजनीय बुवा गोपाल भट्टको आज साँझ ७४ वर्षको उमेरमा धनगढीमा उपचारको क्रममा दुःखद निधन भएको खबरले स्तब्ध बनायो । मृतकप्रति भावपूर्ण श्रद्धाञ्जलि । परिवारजनलाई धैर्यधारण गर्ने शक्ति भगवान्ले प्रदान गरुन् ।
लक्की चौधरी
साहित्यकार, पत्रकार
मित्र डा. पुष्करराज भट्टका पिता गोपालदत्त भट्टको निधनप्रति गहिरो शोक र उहाँप्रति हार्दिक श्रध्दान्जली एवम् शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दछु ।
माधव वियोगी
साहित्यकार, पोखरा
सुदूरपश्चिमाञ्चल साहित्य समाजका पुर्व सचिव,साहित्यकार डा.पुष्कर भट्टका पिता श्री गोपाल भट्टको असामयिक निधनको खवरले स्तब्ध वनाएको छ। दिगंवत आत्माको चिरशान्तिको कामना सहित हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै सोकाकुल परिवार र मित्रजनमा संवेदना प्रकट गर्दछु।
तीर्थराज पाण्डेय
उपाध्यक्ष, सुप साहित्य समाज
सु.प. साहित्य समाजका पूर्व सचिव साहित्यकार डा. पुष्करराज भट्टका पिताज्यूको असामयिक निधन भएको खवरले मर्माहत भएको छु। दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवार र आफन्तजनमा गहिरो समवेदना व्यक्त गर्दछु।
गणेश नेपाली
कोषाध्यक्ष, सुप साहित्य समाज
लघुकथा विधामा विद्यावारिधि गर्ने पहिलो साहित्यकार डा.पुष्करराज भट्टलाई पितृशोक परेको छ । पिता गोपालदत्त भट्टको आत्माको बैकुण्ठधाममा बास होस्,चीरशान्तिको शुभकामना १ शोकाकुल परिवारप्रति हार्दिक समवेदना ।
प्रपञ्च उपन्यास
साहित्यकार डा. पुष्करराज भटृ तथा हेमराज भटृका पुजनीय बुबा गोपाल भटृको असामयिक निधन भएको खबरले निकै मर्माहत भएकी छु । दिवङ्गत गोपाल भटृज्यू को आत्माले शान्ति पाओस, उहांको स्वर्गवास होस, हार्दिक श्रद्धाञ्जली । यस दुःखद समयमा शोकसन्तप्त परिवारजन र मित्रहरूलाई भगवानले धर्यधारण गर्ने शक्ति प्रदान गरुन् ।
ऋचा लुइटेल
साहित्यकार, बाँके
साहित्यकार तथा प्रगतिशील साहित्यिक आन्दोलनका अभियन्ता डा. पुष्करराज भट्टका पूजनीय बुवा गोपाल भट्टको आज साँझ ७४ वर्षको उमेरमा धनगढीमा उपचारको क्रममा दुःखद निधन भएको खबरले स्तब्ध बनायो । मृतकप्रति भावपूर्ण श्रद्धाञ्जलि । डा. पुष्कर भट्ट लगायत सम्पूर्ण परिवारजनप्रति समवेदना व्यक्त गर्दछु ।
रञ्जन घिमिरे
नेपाल प्रज्ञा प्रतिष्ठान
मित्र पुष्करराज भट्टलाई पर्न गएको पितृ शोकले मर्माहत भएको छु। मृतकको वैकुण्ठबास होस। हार्दिक श्रद्धांजली।
विश्वराज अधिकारी
साहित्यकार, अमेरिका
प्रिय साहित्यकार डा. पुष्करराज भट्टज्यूका पिताजीको असामयिक देहावसानको खबरले स्तब्ध बनाएको छ, दुखको यस घडीमा परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दै ब्रह्मलीन आत्माको परम शान्तिको कामना गर्दछु ।
तीर्थराज भट्ट
साहित्यकार,काठमाडौं
भावपूर्ण श्रद्धाञ्जली
व्यक्तिगत रूपमा अति सरल, सभ्य र शान्त स्वभावका तथा सामाजिक शान्तिका एक अभियन्ता, अस्ति मात्रै मैले उहाँलाई उही शालिन शैलीमा भेटेको थिएँ, आदरणीय अंकल गोपाल दत्त भट्ट आजै सदाका लागि अस्ताउनुभएको अप्रत्याशित खवरले दूखी बनायो । यस दूखद घडीमा शोकसन्तप्त परिवारजन, आदरणीय साहित्यकार डा.पुष्करराज भट्ट, दिदी हेमन्ती भट्ट लगायत सबैमा धैर्यधारण को कामना र सहानुभूति व्यक्त गर्दछु ।
जनक रसिक
साहित्यकार, कैलाली
आत्मीय साहित्यकार मित्र डा. पुष्करराज भट्टजीका पूजनीय बुवा गोपाल भट्टको धनगढीमा उपचारको क्रममा दुःखद निधन भएको खबरले स्तब्ध बनायो । बुबाको निधनप्रति गहिरो शोक व्यक्त गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । साथै शोकविह्वल पुष्करजीलगायत सम्पूर्ण परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होओस् भन्ने कामना गर्दछु ।
दीपसागर पन्त
साहित्यकार, बैतडी
आत्मिय दाईहरू साहित्यकार डा. पुष्करराज भट्ट एवं हेमराज भट्ट ज्यूका बुवा गोपालदत्त भट्टको देहावसान हुनुभएको खबरले स्तब्ध भएको छु। यस दुखद घडीमा मृतात्माको चिर शान्तिको कामनासहित शोकाकुल परिवारजनप्रति भगवानले धैर्य धारण गर्ने शक्ति प्रदान गरून भनी कामना ब्यक्त गर्दछु ।
पंकज कलौनी
महेन्द्रनगर
अत्यन्तै अपत्यारिलो दुःखद खबर
धनगढी उपमहानगरपालिका ५ निवासी मेरा छिमेकी आदरणीय साहित्यकार दाजु डा. पुष्करराज भट्टका पिता गोपालदत्त भट्टको केहीबेर अगाडि आफ्नै घरमा असामयिक निधनको खबरले स्तब्ध तुल्याएको छ।शोक सन्तप्त परिवारप्रती गहिरो समवेदना ।
समर्पण पुस्तक पसल, धनगढी परिवार
डिल्लीराज ओझा समर्पण
आत्मिय मित्र हेमराज भट्ट एवं साहित्यकार डा. पुष्करराज भट्टज्यूका बुवाको देहावसान हुनुभएको खबरले स्तब्ध भएको छु। यस दुखद घडीमा उहाँको आत्माको चिर शान्तिसहित शोकाकुल परिवारजनप्रति धैर्य धारणको कामना गर्दछु ।
विष्णु भट्ट
सुप विश्वविद्यालय
कञ्चनपुर
प्रगतिशील लेखक सङ्घ, नेपालका सल्लाहकार डा. पुष्करराज भट्टका पिता गोपालदत्त भट्टको ७४ वर्षको उमेरमा निधनप्रति गहिरो शोक व्यक्त गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ । साथै शोकविह्वल डा।पुष्करराज भट्ट लगायत सम्पूर्ण परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दै धैर्यपूर्वक शोकको सामना गर्ने शक्ति प्राप्त होओस् भन्ने कामना गर्दछौँ।
पुरु लम्साल
साहित्यकार, रंगकर्मी
नुवाकोट
आदरणीय सर्जक Drpushkar raj bhatta का पुजनीय बुबाको दुस्खद निधनको खबरले स्तब्ध बनायो । बुबाप्रति भावपुर्ण श्रद्धाञ्जली । भट्ट सर लगायत सम्पुर्ण परिवारमा गहिरो समवेदना ।
ज्ञानु विद्रोही
साहित्यकार, काठमाडौं
भावपूर्ण श्रद्धाञ्जली
साहित्यकार मित्र डा. पुष्करराज भट्टका पिता गोपालदत्त भट्टको आज साँझ ७४ वर्षको उमेरमा धनगढीमा निधन भएको खबरले स्तब्ध भएको छु। दिवंगत आत्माको चीर शान्तिको कामना गर्दे भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु। शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना ।।
डा.टी. एन. जोशी
अध्यक्ष तथा
कैलाली जनपुस्तकालय परिवार
आत्मिय मित्र साहित्यकार डा.पुष्करराज भट्टका पुजनीय पिताजीको दुस्खद निधनको खबरले स्तब्ध छु । बुबाप्रति भावपुर्ण श्रद्धाञ्जली । भट्ट सर लगायत सम्पुर्ण परिवारमा गहिरो समवेदना ।
लक्ष्मीप्रसाद पौडेल
साहित्यकार, कैलाली
आदरणीय साहित्यकार दाइ डा. पुष्करराज भट्टका पुज्यनीय पिताजी गोपालदत्त भट्टको आज साँझ असामयिक निधन भएको खबरले स्तब्ध छु । उहाँको दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै उहाँको परिवार जनमा यो अकल्पनीय क्षणमा धैर्य धारणाको लागी शक्ती प्राप्तीको कामना गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु ।
रियल एनासाइसिस
साहित्यकार, डडेल्धुरा
हाम्रा आत्मीय साहित्यकार भाइ डा ।पुष्करराज भट्टको पुज्यनीय पिताजी गोपालदत्त भट्टको आज साँझ असामयिक स्वर्गवास भएको खबरले स्तब्ध छु । उहाँको दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै उहाँको परिवार जनमा यो अकल्पनीय क्षणमा धैर्य धारणको लागी शक्ती प्राप्त होस् भनी ईश्वर सङ्ग प्रार्थना गर्दै शोक सन्तप्त परिवार जनमा हार्दिक समवेदना व्यक्त गर्दछु ।
श्रेष्ठ प्रिया पत्थर
साहित्यकार, धनगढी (कैलाली)
यस आधुनिक नेपाली लघुकथा समूहका संस्थापक व्यवस्थापक साहित्यकार तथा सहयोगी मित्र डा. पुष्करराज भट्टका पिताजी गोपालदत्त भट्टको यही साउन ८ गतेका दिन असामयिक निधन भएको खबर सुन्नुपर्दा हामी सबै दुस्खी भएका छौं । यस दुखद घडीमा दिवङ्गत पिताजीप्रति हार्दिक श्रद्धान्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्दछौं ।
प्रा.डा. कपिल लामिछाने
हरिप्रसाद भण्डारी
तथा
आधुनिक नेपाली लघुकथा परिवार
भावपूर्ण श्रद्धान्जली
आधुनिक नेपाली लघुकथा फेसबुक समूहका व्यवस्थापक, वरिष्ट लघुकथाकार डा. पुष्करराज भट्टका पूजनीय पिता गोपालदत्त भट्टको आज २०७७ श्रावण ८ गते साँझ ७४ वर्षको उमेरमा निधन भएको खबरले मर्माहत भएका छौं । उहाँको आत्मालाई शान्ति मिलोस् र स्वर्गमा बास होस् भन्ने कामना गर्दछौं साथै शोकाकुल परिवारजन प्रति धैर्यधारण गर्ने शक्ति मिलोस् भनी इश्वरसँग प्रर्थना गर्दछौं ।
व्यवस्थापक
उद्धवप्रसाद प्याकुरेल आधुनिक नेपाली लघुकथा परिवार
नेपाली लघुकथा विधाका सर्जक, अनुसन्धाता, कुशल समालोचक तथा सहृदयी मित्र डा. पुष्करराज भट्टका पिता गोपालदत्त भट्टको २०७७ साल श्रावण ८ गतेका दिन असामयिक निधन भएको खबरले दुःखी तुल्याएको छ । यस दुःखद घडीमा स्वर्गीय गोपालदत्त भट्टप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै आत्मीय मित्र पुष्करराज भट्ट र उहाँका सम्पूर्ण शोकाकुल परिवार र आफन्त जनमा शोकलाई सहन गर्ने क्षमताप्राप्त होस् भन्दै हार्दिक समवेदना प्रकट गर्दछु ।
शेखरकुमार श्रेष्ठ
साहित्यकार, फर्फिङ (काठमाडौं) नेपाली लघुकथा क्षेत्रका सर्जक तथा अनुसन्धाता डा. पुष्करराज भट्टका पिता गोपालदत्त भट्टको हिजो साउन ८ गते धनगढीमा उपचारको क्रममा असामयिक निधन भएको कुरा जानकारी हुन आएको छ, स्व. भट्ट ७४ वर्षको हुनुहुन्थ्यो, उहाँको अन्तिम विदाई अहिले साउन ९ गते बिहान ८ बजे कैलाली जिल्लाको गोदावरीमा हुने कुरा पनि जानकारी भएको छ ।
शब्दपथ, काठमाडौं
जनसाहित्य लेखक संघ,नेपाल,केन्द्रिय सचिवालय समितिका सदस्य तथा कार्यक्रम विभागका संयोजक डा. पुष्करराज भट्टका पिता गोपालद्त्त भट्टको ७४ बर्षको उमेरमा आज धनगढीमा उपचारको क्रममा निधन भएको छ। उहाँको निधनको खबरले हामीलाई अत्यन्त दुखित पारेकोछ । यस जनसाहित्य लेखक संघ, नेपालले श्री भट्टको निधनप्रति गहिरो शोक व्यक्त गर्दै उहाँ प्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्द्छ । यस शोकको घडीमा उहाँको शोकाकुल परिवारप्रति हार्दिक समबेदना व्यक्त गर्द्छ।
राम विनय, केशव सिल्वाल
संयोजक, सह संयोजक






No comments:
Post a Comment