सादगीपूर्ण जीवनको सम्झना-उर्वादत्त भट्ट

Very gental, humble

  दाजु गोपालसँग बाल्यकालदेखिकै सम्झना छन् । उहाँले धनगढीमा घर बनाउनु भएपछि पनि म उहाँको घर गइरहन्थेँ । मलाई बडो प्रेम गर्नुहुन्थ्यो । म पनि उहाँलाई आदर गर्थें । उहाँ शान्त, भव्य र सभ्य व्यक्ति हुनुुहुन्थ्यो । दाजु कसैको आँखामा राखे पनि नबिझ्ने सज्जन व्यक्ति हुनुुहुन्थ्यो । उहाँलाई म कुलको दीपक मान्दछु । सादर नमन पुण्य आत्मालाई । दाजु हाम्रो सम्झनामा बाँचिरहनुभएको छ । बैतडी, कुमालीमा जन्मेर उहाँले आध्यात्मिक, सामाजिक जीवनलाई साकार बनाउनु भयो । एक सादगीपूर्ण जीवन बाँच्ने दाजुको जीवन हामी सबका लागि प्रेरणाको स्रोत हो ।

संषर्षशील व्यक्तित्व भट्ट-रमेश पन्त ‘मीतबन्धु’

            बैतडी जिल्लाको सदरमुकाम नजिकैको सुन्दर गाउँ कुमालीमा जन्मिनु भएका कीर्तिशेष गोपालदत्त भट्टज्युसँग २०६० सालतिर हो कि जस्तो लाग्छ, परिचय भएको । हालका भाषा आयोगका माननीय सदस्य डा. पुष्करराज भट्ट त्यतिबेला गजल लेख्नु हुन्थ्यो । गजलकार भनेर चिन्थे म उहाँलाई । पछि उहाँसँग निकटता बढेपछि थाहा पाएको हुँ उहाँ साहित्यका सबैजसो विधामा कलम चलाउनु हुन्छ भनेर । साहित्यकार पुष्करराज भट्टको सम्पर्क एलएन चौक धनगढी भनेर पत्रपत्रिकामा पढ्न पाइन्थ्यो । साहित्यकार कल्यान ओझाबाट प्राप्त सल्लाह अनुसार म एलएन चौकमा साहित्यकार पुष्करराज भट्टज्युलाई भेट्न भनी गएको थिएँ । एलएन चौकमा कपडाको पसल, पसलमा बुवा भेटिनु भयो । पुष्करजीको नाम लिए, बस्न भन्नुभयो । मलाई मेरो घरबारे सोध्नुभयो, मैले आफ्नो घर बैतडी भएको कुरा बताएपछि उहाँले मेरो घर पनि बैतडी कुमाली हो भन्नुभयो । यस्तैयस्तै कुराकानी पश्चात् बिरानो धनगढीमा आफ्नै घर पुगे झैं लाग्यो । कुमालीसँग मेरो स्कुले जीवनको नाता थियो । कुमाली भन्ने बित्तिक्कै शिवदत्त भट्ट गुरुको याद आयो र सोधिहालेँ । उहाँले नजिकैको आफन्त भएको बताउनुभयो, झन आत्मीयता बढे झैं लाग्यो । भलाकुसारी भएपछि उहाँले चियाको लागि सोध्नुभयो, मैले अँ पनि भन्न सकिन्, नाइँ पनि भन्न सकिन । उहाँले चिया मगाउनु भयो । पछि पुष्करजीसँग भेट भयो, महिना र गते भने ठ्याक्कै बिर्सिएछु ।

            पहिलो भेट मैं आत्मीयताको महसुस भएको थियो उहाँसँग । म विद्यार्थी जीवन र मास्टरी जीवनको दोहोरो भूमिकामा थिए । साहित्य खासै कोर्न नआउने तर साहित्यकारहरूका सिर्जना पढ्न भने औधी मन पराउने गर्थें । खडखड बाटो भएपनि धनगढी आतेजाते भइरहन्थ्यो । एलएन चौकमा उहाँसँग भेट भइरहन्थ्यो । पछि मात्रै थाहा भएको हो, उहाँ बैंकको जागिरे जीवनबाट अवकाशप्राप्त कर्मचारी भएको कुरो । पटकपटकको भेटमा उहाँ आफ्नो जीवन संघर्षका कथा सुनाइरहनु हुन्थ्यो र जीवनमा केही गर्न मिहिनेत र संघर्ष जरुरी भएको सुझाउनु हुन्थ्यो । मैले आफ्नो थोरै बसाइमा उहाँमा सरल स्वभाव र संघर्षशील जीवन भएको कुरो ठम्याएको थिएँ । पुष्करजीको संघर्षशील जीवन देख्दा बुवाका गुणहरू ठ्याक्कै छोरामा सरेका हुन कि झैं लाग्छ । म शाहीलेक स्कुल पढ्दा कुमाली गएको कुरा सुनाउँदा उहाँ साह्रै खुसी हुने गर्नहुन्थ्यो । पहाडको सौराइ लाग्ने कुरो बताउनु हुन्थ्यो । २०६७-०६८ तिर हो, सायद उहाँसँग अन्तिम भेट भएको । त्यसपछि लामो समय धनगढी गइएन । पछि उहाँको देहावसान पश्चात् हेमबाबु लेखकसित किरियापुत्री भेट्न र श्रद्धाञ्जली तथा समवेदना दिन निवासमा पुगेको थिएँ । मैले चिनेका भट्ट एक संघर्षशील व्यक्तित्व हुनुहुन्थ्यो । उहाँसँगका छोटो बसाइका क्षणहरू आज पनि मानसपटलमा ताजै छन् । कीर्तिशेष भट्टमा हार्दिक श्रद्धासुमन ।

महेन्द्रगर—१५, रामजानकी टोल 

मेरो स्मृतिमा स्व.गोपालदत्त भट्ट -वासुदेव पाण्डेय

         


कीर्तिशेष
गोपालदत्त भट्ट बैतडी जिल्लाको सदरमुकामस्थित दशरथचन्द नगरपालिका वा=नं= मा पर्ने कुमाली ग्राममा कश्यप गोत्रीय  पिता स्वरामचन्द्र माता स्व=पद्मादेवी भट्टको सुपुत्रको रूपमा जन्मनुभएको हो वि=सं= २०३२ सालदेखि २०५८ सालसम्म नेपाल राष्ट्र बैङ्क धनगढीको जागिरे जीवनपछि उहाँ निजी व्यवसायीको रूपमा चिनिनुभयो

शुरूका दिनमा उहाँसित मेरो भेट कहिलेकहीँ नेपाल राष्ट्र बैङ्कमा हुने गर्दथ्यो त्यस बखत पनि जिल्ला जन स्वास्थ्य कार्यालयमा कार्यरत थिएँ वि=सं= २०४० सालदेखि २०५६ सालसम्म यदाकदा बैङ्कमा जानु पर्ने हुन्थ्यो त्यस बेला नेपाल राष्ट्र बैङ्क श्री ठेकराज पन्तज्यूको बजारस्थित घरमा थियो प्रायः काउण्टरसम्म मात्र हाम्रो काम हुन्थ्यो बाटोमा भने उहाँसित सामान्यतया भेट हुन्थ्यो

वि=सं= २०६९ साल चैत्रमा सुदूरपश्चिमाञ्चल साहित्य समाज धनगढीको भवन उद्घाटनका अवसरमा आफ्ना छोरा डा=पुष्करराज भट्टकोसिर्जनाको सौन्दर्यनामक कृति श्री शेरबहादुर देउवाबाट विमोचन गराउनुहुँदै श्री गोपालदत्त भट्ट

 

भ्राता रामसिंह ऐरले धनगढीमा आएर प्रजापिता ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालयको शाखा खोलेपछि उहाँ नियमित रूपमा त्यसमा आबद्ध हुनुभयो भने त्यस संस्थासित नियमित रूपमा गाँसिन असमर्थ रहेँ यद्यपि भ्राता रामसिंह कक्षा देखि सम्म सहपाठी पनि रहेका थियौँ उहाँको आग्रहलाई संस्थाका शुरूका दिन जतिमा सम्पन्न गर्न सकेँ किनभने गृहस्थाश्रममा बसेर त्यसका नियमभित्र बाँधिन असमर्थ भएको आभास भयो

        तर गोपालज्यू भने तिनको नियमित कक्षामा सुनेर ग्रहण गरेका सबै ज्ञानका कुरामा अत्यन्तै दृढ विश्वासिलो भएर लाग्नुभयो उहाँले आफ्नो  कपडा पसलको नाउँ पनि शिवबाबाकै नाउँमा स्थापना गर्नुभयो

उहाँले एकदिन भन्नुभयो,—अब यो संसार धेरै दिनसम्म टिक्नेवाला छैन बाबाले घोषणा गरिसकेको कि महिनाभित्रै प्रलय हुन्छ

मैले भनेँ,—हजुरले जे जे भन्यो त्यसमा मात्रै विश्वास गर्नुभन्दा हाम्रा वैदिक तथा पौराणिक ग्रन्थहरूको पनि अध्ययन गर्नुपर्यो किनभने त्यसमा सृष्टिचक्रका बारेमा विस्तारसित वर्णन गरिएको

उहाँ यतिसम्म आफ्नो संस्थामा पाइने ज्ञानमा विश्वासिलो हुनुहुन्थ्यो कि कसै अन्यले भनेको कुरामा कदापि विश्वास गर्नु हुँदैनथ्यो आश्रममा ब्रह्मकुमारी हिरा बहिनीले भनेको बाहेक अथवा माउण्ट आबुमा पाएको ज्ञान बाहेक अरू कुनै पनि ग्रन्थमा विश्वास नै गर्नु हुँदैनथ्यो

मैले भने,—आंशिक प्रलय नित्य प्रक्रिया हो, जुन प्रतिपल भई नै रहेको हुन्छ महाप्रलय सम्बन्धमा हाम्रा चार युगको आयु, चौध मन्वन्तर लगायतका निमेषदेखि बृहताकार समय सीमाको वर्णन हाम्रा ऋषिमुनि वा तात्कालिक वैज्ञानिकहरूबाट उद्घाटित गरिएका कुरामा पनि उहाँ विश्वास गर्नु हुँदैनथ्यो

उहाँको पसलमा आउने जुनसुकै व्यक्तिसित पनि शिवबाबाको शक्तिको बारेमा चर्चा गर्नु नियमित कर्मजस्तै भइसकेको थियो उहाँको विचारसित असहमतप्रति पनि उहाँ आक्रोशित भने हुनु हुँदैनथ्यो शान्त स्वभाव, शुद्ध सात्विक आहार, श्वेतवस्त्रले गर्दा उहाँ देवताजस्तै देखिनुहुन्थ्यो जो आए पनि आत्मीयतापूर्वक स्वागत गर्नु उहाँको दिनचर्या थियो बजार जाँदा तिनको पसलमा नियमित रूपमा नै जाने गर्दथेँ

वि.सं=२०६४ साल पौष १४ गते सुदूरपश्चिमाञ्चल साहित्य समाज धनगढीको निर्वाचनमा मलाई अध्यक्षमा निर्विरोध चयन गरियो श्री गोपालज्यूका ज्येष्ठ सुपुत्र पुष्करराज भट्ट सचिवमा हुनुभयो केही समयपछि कारणवश उहाँले राजिनामा दिनुभयो उहाँलाई राजिनामा नदिन राजी गराउन श्री लक्ष्मीनारायण चोकस्थित उहाँको कपडा पसलमा गएँ तर पुष्करजी राजिनामा फिर्ता लिन राजी हुनु भएन

पुष्करजीलाई हजुरले सम्झाइदिनु पर्यो भनी श्री गोपालज्यूसित अनुरोध गर्दा श्री गोपाज्यूले,—पुष्करले राजिनामा दिएपछि उसलाई फिर्ता गराउने प्रयास नै नगर्नोस् भन्नुभयो उसको बुवा हुँ उसको आदतबारे मलाई सबै थाहा कसैले भने पनि मान्नेवाला छैन उसको आदत उसको ग्रहदशाका कारण निश्चित भएको मलाई उसको जन्मपत्रीबाट उसको भविष्यबारे पूरा ज्ञान त्यसैले प्रयास नगरौँ यसबाट उहाँलाई ज्योतिषी विद्या पनि आउने रहेछ भन्ने थाहा भयो

उहाँजस्ता व्यक्तिहरू वर्तमान समाजमा सफल नहुन सक्छन् तर उहाँजस्ता व्यक्तिहरू यस जीवनमा मुक्त भने अवश्य हुन्छन् उहाँलाई घरपरिवारको कुनै चिन्ता थिएन भन्दा हुन्छ उहाँले सबै कुराहरू शिवबाबामा नै निहित भन्नुहुन्थ्यो त्यसले गर्दा सामान्य जीवनमा घटित घटनाप्रति आग्रह पूर्वाग्रहविहीन हुनुहुन्थ्यो उहाँभित्र श्रीमद्भगवद्गीतामा भगवान् श्रीकृष्णले अर्जुनलाईसर्वधर्मान् परित्यज्य मामेकं शरणं व्रजको भावको प्रतिपालक बनिसक्नुभएको थियो यस्ता व्यक्तिको जीवनचर्या परिवारजनका लागि अपाच्य हुन सक्दछ शिवबाबामा समर्पणभावले गर्दा यस्ता व्यक्तिमा त्यसको प्रभाव भने नपर्ने रहेछ भन्ने कुरा उहाँको जीवनबाट थाहा हुन्छ

काठमाडौँ थिएँ उहाँको परलोकको खबरले मलाई आश्चर्य भने लागेन किनभने मलाई थाहा भइसकेको थियो कि उहाँले यस जीवनमा नै मुक्ति प्राप्त गरिसक्नुभएको थियो भन्नेकुरो विश्वासं फलदायकम्भनिन्छ उहाँको विश्वासले उहाँलाई मुक्ति दिलाइसकेको थियो भन्नेमा विश्वस्त छु

पारिवारिक रूपमा पनि मैले उहाँका परिवारजनसित परिचित हुने मौका पाएँ उहाँले भनेजस्तैकर्मयोगीपुत्र डा.पुष्करराज भट्टलेलघुकथामा विद्यावारिधि प्राप्त प्रथम व्यक्ति बन्नुका साथैभाषा आयोगको माननीय सदस्यजस्तो गरिमामय पद ग्रहण गरेर नेपाल तथा अन्य मुलुकमा समेत आफ्नो छुट्टै पहिचान बनाइसक्नुभएको

अन्तमा स्व.गोपालदत्त भट्टज्यूको शिवबाबामय शिवसायुज्य प्राप्त होस् भन्ने कामनाका साथ हार्दिक श्रद्धासुमन अर्पण गर्दछु

श्रद्धापूर्वक भावपूर्ण श्रद्धाञ्जली-मनोहर लामिछाने, वरिष्ठ अधिवक्ता

                              पिता रामचन्द्र भट्ट तथा आमा पद्मदेवी भट्टको कोखबाट विक्रम सम्वत् २००३ वैशाख १४ गते बैतडी जिल्लाको दशरथचन्द नगर...