श्रद्धापूर्वक भावपूर्ण श्रद्धाञ्जली-मनोहर लामिछाने, वरिष्ठ अधिवक्ता

            
            पिता रामचन्द्र भट्ट तथा आमा पद्मदेवी भट्टको कोखबाट विक्रम सम्वत् २००३ वैशाख १४ गते बैतडी जिल्लाको दशरथचन्द नगरपालिका–५, कुमालीमा गोपालदत्त भट्टको जन्म भएको थियो। उहाँको बाल्यकाल बैतडीमै बितेको थियो। प्रारम्भिक शिक्षा गाउँमै भए पनि हाइस्कुल स्तरीय अध्ययन भने भारतको पिथौरागढस्थित देवसिंह हाइस्कुलमा भएको थियो र मेट्रिक (एसएलसी) परीक्षा पनि त्यहीँबाट उत्तीर्ण गर्नुभएको थियो। तत्कालीन परिवेशमा सीमा जोडिएको भारतको पिथौरागढमा बैतडीबाट अध्ययनका लागि जाने प्रचलन थियो। कुमालीबाट त्यहाँ जान धेरै टाढा थिएन र झुलाघाटको पुलले महाकाली वारी–पारी आवतजावतलाई सहज बनाएको थियो।

            विक्रम सम्वत् २०..... सालमा उहाँ राधिका देवीसँग विवाह बन्धनमा बाँधिनुभएको थियो। उहाँका जेठा पुत्र डाक्टर पुष्करराज भट्ट, छोरी हेमन्ती भट्ट र कान्छा छोरा हेमराज भट्ट हुनुहुन्छ। बुवाआमाबाट प्राप्त उचित शिक्षा–दीक्षाका कारण डाक्टर पुष्करराज भट्ट भाषा आयोगका सदस्य, छोरी हेमन्ती भट्ट एक कुशल व्यवसायी र कान्छा छोरा हेमराज भट्ट क्याम्पसमा प्राध्यापन पेशामा संलग्न रहनुभएको छ।

            म जागिरको सिलसिलामा विक्रम सम्वत् २०५४ सालको अन्त्यतिर कैलालीको धनगढी जाँदा डा. पुष्कर भट्टसँग राजनीतिक तथा साहित्यिक भावनाका कारण नजिक हुन पुगेँ। उहाँकै कारणले यो परिवारसँग पनि निकट हुन पाएँ। संयोगवश डा. पुष्करजीको विवाहमा जन्ती जाने अवसर पनि प्राप्त भयो। उहाँसँगको निकटताका कारण बुवासँग विभिन्न प्रसङ्ग र विषयमा संवाद गर्ने अवसर प्राप्त भयो। ओम शान्तिको सेतो पहिरनमा सदैव शालीन देखिने गोपालदत्त भट्टज्यूलाई म “बुवा” भनेर सम्बोधन गर्ने गर्थेँ। म धनगढीमा रहँदा एलएन  चोकमा रहेको कपडा पसलमा बसेर ओम शान्तिका विषयमा कैयौँ जिज्ञासा व्यक्त गरेको पनि सम्झना छ। तत्कालीन समयमा राजनीति र अध्ययनलाई सँगसँगै अघि बढाइरहेका पुष्करजी र मेरो सम्बन्धका कारण बुवासँग मेरो सामीप्यता अझ बढ्दै गयो। त्यसैले ओम शान्तिका विभिन्न पक्षबारे पहिले धेरै जानकारी नभए पनि पछि–पछि हामीबीच त्यस विषयमा चर्चा हुने गर्थ्यो।

        नेपाल राष्ट्र बैंकमा कर्मचारीको रूपमा कार्यरत रहँदा उहाँले डडेलधुरा र बैतडीमा पनि जागिर गर्नुभएको थियो। तर विक्रम सम्वत् २०४१ सालदेखि धनगढीको हसनपुरमा घर निर्माण गरी स्थायी रूपमा धनगढीवासी बन्नुभएको पाइन्छ।

  जागिरबाट अवकाश लिएपछि कपडा व्यवसायमार्फत व्यापार गर्दै आयआर्जन र सक्रियता कायम राख्नुभएका स्वर्गीय गोपालदत्त भट्टको सक्रियताले हामी सबैलाई कुनै न कुनै रूपमा प्रेरित गरेको छ। करिब २८ वर्षसम्म प्रजापिता ईश्वरीय विश्वविद्यालय (ओम शान्ति), धनगढीका संस्थापकहरूमध्ये एक रहनु भई जागिर, आध्यात्म र व्यवसायको त्रिवेणीलाई एकसाथ अघि बढाउन सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्नुभएको थियो। उहाँलाई नेपाल राष्ट्र बैंक कर्मचारी सङ्घबाट २५ वर्षे सेवा पदक तथा प्रजापिता ईश्वरीय विश्वविद्यालय (ओम शान्ति)बाट सपत्निक सम्मान तथा अभिनन्दन गरिएको थियो।

            बैतडीबाट सपरिवार धनगढीमा बसाइँसराइ गरी नोकरी, व्यापार र आध्यात्मिकतासँगै आफ्ना सन्ततिलाई उचित शिक्षा–दीक्षा दिनुभएको थियो। विक्रम सम्वत् २०७७ सालको श्रावण महिनामा उहाँको निधन भए पनि उहाँ जीवित रहँदा देखाउनुभएको सक्रियता समाज र परिवारका लागि सधैं प्रेरणाको स्रोत बन्ने विश्वास गर्न सकिन्छ।

            उहाँका परिवारबाट स्मृति ग्रन्थ प्रकाशित हुने जानकारी प्राप्त हुँदा बुवाप्रति श्रद्धापूर्वक भावपूर्ण श्रद्धाञ्जली प्रकट गर्दछु।

सबल सर्जकका असल पिताको सम्झनामा –जनक रसिक


“अब त्यसले गरिहाल्छ ...!”

उबेला श्रद्धेय गोपालदत्त भट्टको यो वचनको अर्थ मैले खासै बुझेन ।

म हतारहतार धनगढीको एलएन चोकको त्यो कपडा पसलमा पुगेको थिएँ । कुनै पुस्तक छोडेर हतारैमा फर्किन खोज्दै थिएँ । श्रद्धेय भट्टले हातैको इशाराले एकछिन् बस्न आग्रह गर्नुभयो । उहाँको मुहारमा सौम्य, सालिन खुशी झल्किरहेको मैले अनुमान त गरेँ तर कुरा ठीकसँग बुझिरहेको थिएन । 

एलएन चोकको त्यो कपडा पसल हाम्रो दैनिकको बिसौनी थियो । लेखक पुष्करराज भट्टको परिवारले चलाएको त्यो कपडा पसलमा अक्सर उहाँका बुवा श्रद्धेय गोपालदत्त भट्ट बस्नुहुन्थ्यो र उहाँकी बहिनी हेमन्ती पनि । बस्न त पुष्करराज भट्ट पनि बस्नुहुन्थ्यो तर उहाँको काम कपडा बिक्री गर्नेभन्दा पनि धनगढी आसपासका लेखक सर्जकसँग भेटघाट गफगाफ गर्नु नै हुन्थ्यो । पुष्कर दाइसँगको सामिप्यताले म नियमित जसो त्यो पसल र उहाँको घरमा गैरहन्थे । त्यो परिवारका सबैसँग एक प्रकारको आत्मियता बनेको थियो ।

पुष्कर दाई नभएका वेला बुवाले उहाँको बारेमा समेत कुरा गर्नुहुन्थ्यो । विगत केही समय पुष्करदाइको अवस्थाप्रति बुवा केही निराश र केही चिन्तित हुनुहुन्छ भन्ने कुरा मलाई थाहा थियो । उबेला पुष्करदाइको नियति ‘काम पनि छैन, फुर्सद पनि छैन’ भनेजस्तै थियो । लेखनमा उहाँ निकै सक्रिय हुनुहुन्थ्यो, तर लेखकीय व्यक्तित्वको खास आकार बनिसकेको थिएन । साहित्यिक संघसंस्थाका कामहरूमा निरन्तर खटिराख्नुहुन्थ्यो, तर दैनिकी चलाउनलाई खास आम्दानी केही थिएन । निरन्तर साधना गरिरहनु तर खास सफलता नपाउँदासम्मको अवस्थामा नेपालका लेखकहरुको कुन हविगत हुन्छ ? त्यो आम लेखकले थाहा पाएकै विषय हो । त्यस्तै अवस्था थियो पुष्कर दाइको ।

हरेक युवाका घरपरिवारका सदस्यको पहिलो अपेक्षा छोराछोरीले राम्रो पेशा र आयआम्दानी गरोस् भन्ने नै हुन्छ । सिर्जना, साधना, लोकप्रियता, कला आदि इत्यादि दोस्रो दर्जाका कुरा हुन् । समाजमा जतिसुकै लोकप्रिय र सम्मानित भएपनि व्यक्तिको आर्थिक अवस्था, आयआम्दानीको बाटो मजबुत छैन भने घरपरिवारका मानिसमा एक प्रकारको चिन्ता हुन्छ । सायद पुष्कर दाइका बुवाको मनमा पनि केही चिन्ता थियो । न नियमित आम्दानीको कुनै पेसा थियो, न त उहाँको क्याम्पस अध्ययन नै पुरा भएको थियो ।  स्नातक तहको कुनै एक विषयको नतिजाका कारण उहाँको नियमित अध्ययन केही वर्षदेखि रोकिएको थियो तर धेरै पटकको प्रयासपछि त्यो पार लाग्यो । अरु विषयमा नियमित राम्रो अंकमा उत्तिर्ण भए पनि अनिवार्य अंग्रेजीमा उहाँ धेरै पटक अनुत्तिर्ण हुनुभयो । त्यही धेरै पटकको अनुत्तिर्ण पछिको उत्तिर्ण भएको खुशी रहेछ त्यो दिन पुष्कर दाइका बुवाको मुहारमा । छोराको सानो सफलताको खुसी साँट्न रोक्नुभएको रहेछ उहाँले मलाई । “अब त्यसले गरिहाल्छ ...!”

हुन पनि बुवाले भनेजस्तै भयो । त्यो सानो सफलताको पछि सफलताका शृंखला थपिदै गए । छोराको स्वभाव र क्षमता राम्रोसँग बुझ्ने अभिभावकको रुपमा चिनेँ मैले श्रद्धेय गोपालदत्त भट्टलाई । त्यो पटकको अनिवार्य अग्रेजी विषयमा उत्तिर्ण भएपछि पुष्कर दाइले कहिल्यै पछाडी फर्केर हेर्नु परेन । उहाँले नियमित उत्कृष्ट प्राप्तांकसहित स्नातकोत्तर तह उत्तिर्ण गर्नुभयो । नियमित एमफिल अध्ययन पुरा गर्नुभयो । नेपालमै पहिलो पटक नेपाली लघुकथामा विद्यावारिधि पुरा गर्नुभयो । त्यही दौरान दर्जन बढी पुस्तकहरु सम्पादन गर्नुभयो, दर्जन बढी पुस्तकहरूको लेखन प्रकाशन गर्नुभयो । गोरखापत्रमा डोटेली भाषा पृष्ठको सम्पादक बन्नुभयो । अध्ययन, अनुसन्धानका दर्जनौ काम गर्नुभयो । संघसस्थाका विविध जिम्मेवारीमा रहेर काम गर्नुभयो । राज्यका सम्मानित पुरस्कार प्राप्त गर्नुभयो । यति हुँदा धेरथोर आम्दानी पनि देखियो । छोराले अलिअलि नाम र अलिअलि दाम दुवै जोडेपछि बुवाको मुहारमा बेग्लै खुशी देखेको थिएँ पछिल्लोपटक । 

०००

विगतका केही वर्ष म निरन्तर पुष्कर दाइको घर गइरहन्थे । त्यो घर मलाई आफ्नै कुनै नजिकका आफन्तको घरजस्तो लाग्छ । त्यो घरका जाँदा घरका सबैले उत्तिकै स्वागत र हार्दिकता देखाउँछन् । मेरा आफ्नै बाआमाभन्दा बढी उमेरका पुष्कर दाइका बाआमाबाट बढी स्वागत र हार्दिकता देखिन्छ । मलाई अहिले पनि सम्झना छ, त्यो घरको गेटभित्र छिर्दा पहिलो भालाकुसारी बुवासँगै हुन्थ्यो । वयोबृद्ध बुवा हातमा पानीको बोतल र चियाको कप लिएर आउनुहुन्थ्यो । व्यक्तिगत, पारिवारिक सन्चोबिसन्चो देखि साहित्य, समाज र राजनीतिका कुरा गर्नुहुन्थ्यो । उहाँको सरलता अनुकरणीय थियो ।

उहाँलाई बढी देखिने अर्को स्थान थियो–एलएन चोकको कपडा पसल । उहाँलाई एक व्यापारीको रुपमा हेर्दा पनि उस्तै सरल र सभ्य देखिनुहुन्थ्यो । थुप्रै दिन सँगै बस्दा उहाँले कहिल्यै कुनै ग्राहकसँग चर्को बोलेको सुनिएन । हरेक ग्राहकसँग उहाँ अलि सरल, सभ्य र सम्मानित रुपले प्रस्तुत हुनुहुन्थ्यो । व्यापार व्यवसायमा नाफाघाटाको हिसाबकिताब त हुने नै भयो । कहिलेकाहीँ छोराछोरीहरुसँग सामानको मूल्य निर्धारणको बारेमा छलफल हुन्थ्यो । छोराछोरीको आरोप हुन्थ्यो–बुवा धेरै सस्तोमा दिनुहुन्छ सामान् । यसरी व्यापार गरे कसरी गुजारा हुन्छ ? बुवाको जवाफ हुन्थ्यो–भोकै बस्नु परेको छैन, बस्न घर छँदैछ, सटर भाडा तिर्न पुगिहाल्छ । ग्राहकको ढाड सेकेर धेरै कमाउनु हुँदैन ।

०००

देशको अस्तव्यस्तता देख्दा कैलेकाहीँ मेरा मनमा लाग्छ, देशका हरेक व्यक्तिले आफु आफु मात्र इमान्दार र सभ्य हुने हो भने र हरेक सचेत, इमान्दार र सभ्य अभिभावकले आ–आफ्नो परिवारलाई इमान्दार र सभ्य बनाइदिनेहो भने देश र व्यवस्था स्वतः सभ्य र व्यवस्थित भैसक्थ्यो होला । समाज वा देश बिगा¥यो भनेर कसैले अरु कसैलाई दोष लगाउनु पर्ने परिस्थिति नै बन्ने थिएन होला । तर विडम्बना, देशका बहुसंख्यक नागरिकहरू आफ्ना व्यक्तिगत, पारिवारिक व्यवहारप्रति उदासीन छन् तर अरुका प्रति भने टिकाटिप्पणी गरिरहन्छन् । श्रद्धेद गोपालदत्त भट्ट यस्तो आदर्शवान व्यक्ति हुनुहुन्थ्यो जो आफुले पनि सदा इमान्दार र सभ्य भएर काम व्यवहारहरु गर्नुभयो र आफ्नो घरपरिवारका सबै सदस्यलाई पनि आफुजस्तै आचरण, व्यवहार सिकाउनुभयो । व्यापार व्यवसाय होस्, पेसा क्षेत्र होस वा घरव्यवहार होस्, सबै क्षेत्रमा उहाँका जीवनसङ्गिनी, छोराछोरी सबै जना उत्तिकै सभ्य, भद्र, इमान्दार देखिन्छन् । त्यो घरका कुनै पनि सदस्यको व्यवहारमा छलछाम, लोभलालच, चाकडीचाप्लुसी, या कुनै व्यभिचारको अंंश रत्तिभर देखिँदैन । एक असल अभिभावकले निर्माण गरेको पारिवारिक उच्च आचरणको उदाहरण उहाँको परिवाको दैनिक व्यवहारबाट झल्किन्छ ।

मलाई लाग्छ, धनगढी आसपास वाङ्ंमय क्षेत्रसँग जोडिएको यस्तो कोही व्यक्ति नहोला जो पुष्करराज भट्टलाई चिनोस् तर उहाँका पिता श्रेद्धेय गोपालदत्त भट्टलाई नचिनोस् । धनगढी आउजाउ गर्ने बाहिरका होस् वा धनगढीभित्रकै सर्जकहरुको बिसौनी जस्तै थियो एलएन चोकमा रहेको भट्ट परिवारले सञ्चालन गरेको कपडा पसल । लेखक सर्जकहरू बस्ने भेटघाट गर्ने मिलन केन्द्र मात्र थिएन त्यो पसल, यहाँका सर्जहरुको सरसामान, पत्रपत्रिका लेनदने गर्ने गराउने केन्द्र पनि थियो त्यो पसल । अघोषित रुपमा सर्जक सरोकार केन्द्र नै थियो त्यो पसल । र त्यसको सबै चाँजोपाँजो श्रद्धेय भट्टले गर्नुहुन्थ्यो । त्यहाँ मात्रै हैन, हप्तैपिच्छे निवासमा आइरहने सर्जकहरुको स्वागत सत्कार, चियापानको व्यवस्थापन पनि उहाँ नै गर्नुहुन्थ्यो । आफु सर्जक नभएर पनि सर्जकहरु प्रति यति धेरै सम्मान र सद्भाव राख्ने विरलै व्यक्तित्व हुनुहुन्थ्यो श्रद्धेय गोपालदत्त भट्ट । छोराको रुचिको विषय क्षेत्रलाई यति धेरै प्रेम गर्ने बुवाको उदाहरण उहाँ हुनुहुन्थ्यो ।

०००

यो मुलुकमा मलाई कतै मन नपर्ने दुईथरी ढोङ छन् । एक हो, मुखमा उग्र कम्युनिज्म जपेर व्यवहारमा अन्धधर्म देखाइरहने । अर्को, मुखमा भगवान जपेर, शरीरमा सफेद वस्त्र लगाएर व्यवहारमा लोभपापका शृखला जगाइराख्ने । श्रद्धेय भट्ट सदा सफेद वस्त्रमा देखिनुहुन्थ्यो । बेलाबेला धार्मिक आदर्शका वचन बोल्नुहुन्थ्यो । मलाई मनपर्ने कुरा के भने उहाँ बोली र वस्त्रमा जस्तो आध्यात्मिक देखिनुहुन्थ्यो, व्यवहारमा साँच्चै त्यभन्दा बढी सादगी र पवित्र हुनुहुन्थ्यो । अध्यात्मको नाममा छलकपट र ढोङ रत्तिभर थिएन उहाँको व्यवहारमा । औपचारिक रुपमै उहाँले धनगढीमा प्रजापिा ईश्वरीय विश्वविद्यालय (ओम शान्ति) स्थापनामा भूमिका खेल्नुभयो र आफु पनि त्यसको यात्रामा २८ वर्षभन्दा बढी समय सक्रिय रहनुभयो ।

नेपाल राष्ट्र बैंक कर्मचारी संघबाट, प्रजापिता ईश्वरीय विश्वविद्यालय (ओम शान्ति) लगायत विभिन्न संघसस्थाबाट सम्मानित एवं अभिनन्दित पनि हुनुभयो । हरेक एक व्यक्ति सँगै तीन जीवन बाँचिरहेको हुन्छ–व्यक्तिगत, पेसागत र सामाजिक जीवन । एक क्षेत्रमा सबल व्यक्ति अर्को क्षेत्रमा कमजोर हुनसक्छ । तर उहाँले तीन वटै क्षेत्रमा सन्तुलन मिलाएको जस्तो लाग्छ ।  

देशभित्र र विशेष गरी स्थानीय ग्रामीण परिवेशमा शिक्षा हासिल गर्ने अवसर नभएको समयमा श्रद्धेय गोपालदत्त भट्टले देवसिंह हाईस्कुल, पिथौरागढ, उत्तर प्रदेश (भारत)बाट एसएलसी सम्मको अध्ययन पुरा गर्नुभयो । लगत्तै सरकारी जागिरे जीवन सुरुवात गर्नुभएका उहाँले नेपाल राष्ट्र बैंकमा ३५ वर्ष सेवा गर्नुभयो । वि.सं. २०५८ मा स्वेच्छिक अवकाशका बेला उहाँ नेपाल राष्ट्र बैंकमा सहायक लेखा अधिकृत तहमा कार्यरत हुनुहुन्थ्यो । नेपाल राष्ट्र बैंकजस्तो स्थानमा जागिर हुँदाहुँदै स्वेच्छिक अवकास रोज्ने उहाँ विरलै मध्येको कर्मचारी हुनुहुन्थ्यो । नत्र त्यो सुविधाको जागिरमा कसैले स्वेच्छिक अवकास रोज्दैन । दुई चारै दिन भए पनि आलिअलि आर्थिक लालसा जोकोहीको मनमा हुन्छ । तर श्रद्धेय भट्टले त्यो स्वभाविक लालसा पनि देखाउनुभएन । आफ्नो जीवनको उर्जावान समयमा जे जति गर्न सकियो, त्यसैमा सन्तोष मान्नुभयो । २००३ वैशाख १४ बैतडीमा जन्मेका उहाँको २०७७ श्रावन ८ गते, धनगढी स्थित सारथी अस्पतालमा  निधन भयो ।

एउटा कुरा मेरो मनमा लागिरहन्थ्यो, जीवनको अन्त्यतिर बुवा धेरै सन्तुष्ट हुनुहुन्थेन सायद । छोराछोरीका ससाना उपलव्धिमा पनि उहाँ खुशी व्यक्त गर्नुहुन्थ्यो । तर सामान्य अवस्थामा कैलेकाहीँ म सुन्थे–“केही भरपर्दो पेसा भएन, छोराछोरीको । सानै भए पनि नियमित र सुरक्षित आम्दानीको बाटो भैदिएको भए म सन्तोष मान्थेँ ...।”

आजकल सोच्छु, उहाँ केही वर्ष छिटो जानुभयो । चारपाँच वर्ष माथै थप बाँचेको भए उहाँ सन्तुष्ट हुनुहुन्थ्यो होला । अहिले दुवै छोराहरू ठीक बाटोमा पुगिसकेका छन् । छोरीले व्यापार ठीकै चलाइरहेकी छिन् । जेठो छोरा पुष्कर भाषा आयोगको सदस्य जस्तो राष्टकै विशिष्ट र गरिमामय पदमा पुग्नुभएको छ । कान्छो छोरा हेमराज एक क्याम्पसमा प्राध्यपन गर्नुहुन्छ । यो खुशी बुवाले देख्न पाउनुभएन । जीवनका सबै आकांक्षा पुरा हुँदैनन् । तर औसतभन्दा बढी खुसी र सन्तुष्ट जीवन कसैले व्यतित गर्न सक्यो भने त्यसलाई सफल व्यक्ति मान्नुपर्छ । मेरो विचारमा श्रद्धेय भट्ट सफल र पवित्र जीवन बाँचेर जानुभयो ।

०००

मजस्ता औसत दर्जाका लेखकहरुलाई सृजना क्षेत्रमा लागेर अथाह आर्थिक मुनाफाको सम्भावना छैन । अति लोकप्रियताको सम्भावना पनि छैन । कुनै ठूलै पद प्रतिष्ठामा पुगिने आशा पनि छैन । उसो भए यो क्षेत्रमा सन्तुष्टिको आधार के हो त ? कहिलेकाहीँ सोच्छु, सन्तुष्टिका केही सामान्य आधार छन् । तीमध्ये एक हो समयसमयमा केही सभ्य भद्र मानिसहरुसँग भेटघाट, चिनजान हुन्छ । हार्दिक सम्बन्ध निर्माण हुन्छ । यस्तै संयोग थियो पुष्करदाईका बुवासँगको भेटघाट । सिर्जनात्मक क्षेत्रमा हिँडिरहँदा भेटिएका थोरै भद्र र सभ्य गैरसर्जक व्यक्तित्वमध्ये पर्नुहुन्छ उहाँ । जीवनमा कसरी सभ्य, भद्र, सकारात्मक र सन्तुष्ट रहने भन्ने धेरथोर पाठ पनि सिकियो उहाँबाट । उहाँको सरलता र भद्र स्वभावको सम्झना सदा भैरहनेछ ।

janak.rasik@gmail.com

प्राज्ञ सदस्य

नेपाल प्रज्ञा प्रतिष्ठान, काठमाडौँ



सादगीपूर्ण जीवनको सम्झना-उर्वादत्त भट्ट

Very gental, humble

  दाजु गोपालसँग बाल्यकालदेखिकै सम्झना छन् । उहाँले धनगढीमा घर बनाउनु भएपछि पनि म उहाँको घर गइरहन्थेँ । मलाई बडो प्रेम गर्नुहुन्थ्यो । म पनि उहाँलाई आदर गर्थें । उहाँ शान्त, भव्य र सभ्य व्यक्ति हुनुुहुन्थ्यो । दाजु कसैको आँखामा राखे पनि नबिझ्ने सज्जन व्यक्ति हुनुुहुन्थ्यो । उहाँलाई म कुलको दीपक मान्दछु । सादर नमन पुण्य आत्मालाई । दाजु हाम्रो सम्झनामा बाँचिरहनुभएको छ । बैतडी, कुमालीमा जन्मेर उहाँले आध्यात्मिक, सामाजिक जीवनलाई साकार बनाउनु भयो । एक सादगीपूर्ण जीवन बाँच्ने दाजुको जीवन हामी सबका लागि प्रेरणाको स्रोत हो ।

संषर्षशील व्यक्तित्व भट्ट-रमेश पन्त ‘मीतबन्धु’

            बैतडी जिल्लाको सदरमुकाम नजिकैको सुन्दर गाउँ कुमालीमा जन्मिनु भएका कीर्तिशेष गोपालदत्त भट्टज्युसँग २०६० सालतिर हो कि जस्तो लाग्छ, परिचय भएको । हालका भाषा आयोगका माननीय सदस्य डा. पुष्करराज भट्ट त्यतिबेला गजल लेख्नु हुन्थ्यो । गजलकार भनेर चिन्थे म उहाँलाई । पछि उहाँसँग निकटता बढेपछि थाहा पाएको हुँ उहाँ साहित्यका सबैजसो विधामा कलम चलाउनु हुन्छ भनेर । साहित्यकार पुष्करराज भट्टको सम्पर्क एलएन चौक धनगढी भनेर पत्रपत्रिकामा पढ्न पाइन्थ्यो । साहित्यकार कल्यान ओझाबाट प्राप्त सल्लाह अनुसार म एलएन चौकमा साहित्यकार पुष्करराज भट्टज्युलाई भेट्न भनी गएको थिएँ । एलएन चौकमा कपडाको पसल, पसलमा बुवा भेटिनु भयो । पुष्करजीको नाम लिए, बस्न भन्नुभयो । मलाई मेरो घरबारे सोध्नुभयो, मैले आफ्नो घर बैतडी भएको कुरा बताएपछि उहाँले मेरो घर पनि बैतडी कुमाली हो भन्नुभयो । यस्तैयस्तै कुराकानी पश्चात् बिरानो धनगढीमा आफ्नै घर पुगे झैं लाग्यो । कुमालीसँग मेरो स्कुले जीवनको नाता थियो । कुमाली भन्ने बित्तिक्कै शिवदत्त भट्ट गुरुको याद आयो र सोधिहालेँ । उहाँले नजिकैको आफन्त भएको बताउनुभयो, झन आत्मीयता बढे झैं लाग्यो । भलाकुसारी भएपछि उहाँले चियाको लागि सोध्नुभयो, मैले अँ पनि भन्न सकिन्, नाइँ पनि भन्न सकिन । उहाँले चिया मगाउनु भयो । पछि पुष्करजीसँग भेट भयो, महिना र गते भने ठ्याक्कै बिर्सिएछु ।

            पहिलो भेट मैं आत्मीयताको महसुस भएको थियो उहाँसँग । म विद्यार्थी जीवन र मास्टरी जीवनको दोहोरो भूमिकामा थिए । साहित्य खासै कोर्न नआउने तर साहित्यकारहरूका सिर्जना पढ्न भने औधी मन पराउने गर्थें । खडखड बाटो भएपनि धनगढी आतेजाते भइरहन्थ्यो । एलएन चौकमा उहाँसँग भेट भइरहन्थ्यो । पछि मात्रै थाहा भएको हो, उहाँ बैंकको जागिरे जीवनबाट अवकाशप्राप्त कर्मचारी भएको कुरो । पटकपटकको भेटमा उहाँ आफ्नो जीवन संघर्षका कथा सुनाइरहनु हुन्थ्यो र जीवनमा केही गर्न मिहिनेत र संघर्ष जरुरी भएको सुझाउनु हुन्थ्यो । मैले आफ्नो थोरै बसाइमा उहाँमा सरल स्वभाव र संघर्षशील जीवन भएको कुरो ठम्याएको थिएँ । पुष्करजीको संघर्षशील जीवन देख्दा बुवाका गुणहरू ठ्याक्कै छोरामा सरेका हुन कि झैं लाग्छ । म शाहीलेक स्कुल पढ्दा कुमाली गएको कुरा सुनाउँदा उहाँ साह्रै खुसी हुने गर्नहुन्थ्यो । पहाडको सौराइ लाग्ने कुरो बताउनु हुन्थ्यो । २०६७-०६८ तिर हो, सायद उहाँसँग अन्तिम भेट भएको । त्यसपछि लामो समय धनगढी गइएन । पछि उहाँको देहावसान पश्चात् हेमबाबु लेखकसित किरियापुत्री भेट्न र श्रद्धाञ्जली तथा समवेदना दिन निवासमा पुगेको थिएँ । मैले चिनेका भट्ट एक संघर्षशील व्यक्तित्व हुनुहुन्थ्यो । उहाँसँगका छोटो बसाइका क्षणहरू आज पनि मानसपटलमा ताजै छन् । कीर्तिशेष भट्टमा हार्दिक श्रद्धासुमन ।

महेन्द्रगर—१५, रामजानकी टोल 

मेरो स्मृतिमा स्व.गोपालदत्त भट्ट -वासुदेव पाण्डेय

         


कीर्तिशेष
गोपालदत्त भट्ट बैतडी जिल्लाको सदरमुकामस्थित दशरथचन्द नगरपालिका वा=नं= मा पर्ने कुमाली ग्राममा कश्यप गोत्रीय  पिता स्वरामचन्द्र माता स्व=पद्मादेवी भट्टको सुपुत्रको रूपमा जन्मनुभएको हो वि=सं= २०३२ सालदेखि २०५८ सालसम्म नेपाल राष्ट्र बैङ्क धनगढीको जागिरे जीवनपछि उहाँ निजी व्यवसायीको रूपमा चिनिनुभयो

शुरूका दिनमा उहाँसित मेरो भेट कहिलेकहीँ नेपाल राष्ट्र बैङ्कमा हुने गर्दथ्यो त्यस बखत पनि जिल्ला जन स्वास्थ्य कार्यालयमा कार्यरत थिएँ वि=सं= २०४० सालदेखि २०५६ सालसम्म यदाकदा बैङ्कमा जानु पर्ने हुन्थ्यो त्यस बेला नेपाल राष्ट्र बैङ्क श्री ठेकराज पन्तज्यूको बजारस्थित घरमा थियो प्रायः काउण्टरसम्म मात्र हाम्रो काम हुन्थ्यो बाटोमा भने उहाँसित सामान्यतया भेट हुन्थ्यो

वि=सं= २०६९ साल चैत्रमा सुदूरपश्चिमाञ्चल साहित्य समाज धनगढीको भवन उद्घाटनका अवसरमा आफ्ना छोरा डा=पुष्करराज भट्टकोसिर्जनाको सौन्दर्यनामक कृति श्री शेरबहादुर देउवाबाट विमोचन गराउनुहुँदै श्री गोपालदत्त भट्ट

 

भ्राता रामसिंह ऐरले धनगढीमा आएर प्रजापिता ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालयको शाखा खोलेपछि उहाँ नियमित रूपमा त्यसमा आबद्ध हुनुभयो भने त्यस संस्थासित नियमित रूपमा गाँसिन असमर्थ रहेँ यद्यपि भ्राता रामसिंह कक्षा देखि सम्म सहपाठी पनि रहेका थियौँ उहाँको आग्रहलाई संस्थाका शुरूका दिन जतिमा सम्पन्न गर्न सकेँ किनभने गृहस्थाश्रममा बसेर त्यसका नियमभित्र बाँधिन असमर्थ भएको आभास भयो

        तर गोपालज्यू भने तिनको नियमित कक्षामा सुनेर ग्रहण गरेका सबै ज्ञानका कुरामा अत्यन्तै दृढ विश्वासिलो भएर लाग्नुभयो उहाँले आफ्नो  कपडा पसलको नाउँ पनि शिवबाबाकै नाउँमा स्थापना गर्नुभयो

उहाँले एकदिन भन्नुभयो,—अब यो संसार धेरै दिनसम्म टिक्नेवाला छैन बाबाले घोषणा गरिसकेको कि महिनाभित्रै प्रलय हुन्छ

मैले भनेँ,—हजुरले जे जे भन्यो त्यसमा मात्रै विश्वास गर्नुभन्दा हाम्रा वैदिक तथा पौराणिक ग्रन्थहरूको पनि अध्ययन गर्नुपर्यो किनभने त्यसमा सृष्टिचक्रका बारेमा विस्तारसित वर्णन गरिएको

उहाँ यतिसम्म आफ्नो संस्थामा पाइने ज्ञानमा विश्वासिलो हुनुहुन्थ्यो कि कसै अन्यले भनेको कुरामा कदापि विश्वास गर्नु हुँदैनथ्यो आश्रममा ब्रह्मकुमारी हिरा बहिनीले भनेको बाहेक अथवा माउण्ट आबुमा पाएको ज्ञान बाहेक अरू कुनै पनि ग्रन्थमा विश्वास नै गर्नु हुँदैनथ्यो

मैले भने,—आंशिक प्रलय नित्य प्रक्रिया हो, जुन प्रतिपल भई नै रहेको हुन्छ महाप्रलय सम्बन्धमा हाम्रा चार युगको आयु, चौध मन्वन्तर लगायतका निमेषदेखि बृहताकार समय सीमाको वर्णन हाम्रा ऋषिमुनि वा तात्कालिक वैज्ञानिकहरूबाट उद्घाटित गरिएका कुरामा पनि उहाँ विश्वास गर्नु हुँदैनथ्यो

उहाँको पसलमा आउने जुनसुकै व्यक्तिसित पनि शिवबाबाको शक्तिको बारेमा चर्चा गर्नु नियमित कर्मजस्तै भइसकेको थियो उहाँको विचारसित असहमतप्रति पनि उहाँ आक्रोशित भने हुनु हुँदैनथ्यो शान्त स्वभाव, शुद्ध सात्विक आहार, श्वेतवस्त्रले गर्दा उहाँ देवताजस्तै देखिनुहुन्थ्यो जो आए पनि आत्मीयतापूर्वक स्वागत गर्नु उहाँको दिनचर्या थियो बजार जाँदा तिनको पसलमा नियमित रूपमा नै जाने गर्दथेँ

वि.सं=२०६४ साल पौष १४ गते सुदूरपश्चिमाञ्चल साहित्य समाज धनगढीको निर्वाचनमा मलाई अध्यक्षमा निर्विरोध चयन गरियो श्री गोपालज्यूका ज्येष्ठ सुपुत्र पुष्करराज भट्ट सचिवमा हुनुभयो केही समयपछि कारणवश उहाँले राजिनामा दिनुभयो उहाँलाई राजिनामा नदिन राजी गराउन श्री लक्ष्मीनारायण चोकस्थित उहाँको कपडा पसलमा गएँ तर पुष्करजी राजिनामा फिर्ता लिन राजी हुनु भएन

पुष्करजीलाई हजुरले सम्झाइदिनु पर्यो भनी श्री गोपालज्यूसित अनुरोध गर्दा श्री गोपाज्यूले,—पुष्करले राजिनामा दिएपछि उसलाई फिर्ता गराउने प्रयास नै नगर्नोस् भन्नुभयो उसको बुवा हुँ उसको आदतबारे मलाई सबै थाहा कसैले भने पनि मान्नेवाला छैन उसको आदत उसको ग्रहदशाका कारण निश्चित भएको मलाई उसको जन्मपत्रीबाट उसको भविष्यबारे पूरा ज्ञान त्यसैले प्रयास नगरौँ यसबाट उहाँलाई ज्योतिषी विद्या पनि आउने रहेछ भन्ने थाहा भयो

उहाँजस्ता व्यक्तिहरू वर्तमान समाजमा सफल नहुन सक्छन् तर उहाँजस्ता व्यक्तिहरू यस जीवनमा मुक्त भने अवश्य हुन्छन् उहाँलाई घरपरिवारको कुनै चिन्ता थिएन भन्दा हुन्छ उहाँले सबै कुराहरू शिवबाबामा नै निहित भन्नुहुन्थ्यो त्यसले गर्दा सामान्य जीवनमा घटित घटनाप्रति आग्रह पूर्वाग्रहविहीन हुनुहुन्थ्यो उहाँभित्र श्रीमद्भगवद्गीतामा भगवान् श्रीकृष्णले अर्जुनलाईसर्वधर्मान् परित्यज्य मामेकं शरणं व्रजको भावको प्रतिपालक बनिसक्नुभएको थियो यस्ता व्यक्तिको जीवनचर्या परिवारजनका लागि अपाच्य हुन सक्दछ शिवबाबामा समर्पणभावले गर्दा यस्ता व्यक्तिमा त्यसको प्रभाव भने नपर्ने रहेछ भन्ने कुरा उहाँको जीवनबाट थाहा हुन्छ

काठमाडौँ थिएँ उहाँको परलोकको खबरले मलाई आश्चर्य भने लागेन किनभने मलाई थाहा भइसकेको थियो कि उहाँले यस जीवनमा नै मुक्ति प्राप्त गरिसक्नुभएको थियो भन्नेकुरो विश्वासं फलदायकम्भनिन्छ उहाँको विश्वासले उहाँलाई मुक्ति दिलाइसकेको थियो भन्नेमा विश्वस्त छु

पारिवारिक रूपमा पनि मैले उहाँका परिवारजनसित परिचित हुने मौका पाएँ उहाँले भनेजस्तैकर्मयोगीपुत्र डा.पुष्करराज भट्टलेलघुकथामा विद्यावारिधि प्राप्त प्रथम व्यक्ति बन्नुका साथैभाषा आयोगको माननीय सदस्यजस्तो गरिमामय पद ग्रहण गरेर नेपाल तथा अन्य मुलुकमा समेत आफ्नो छुट्टै पहिचान बनाइसक्नुभएको

अन्तमा स्व.गोपालदत्त भट्टज्यूको शिवबाबामय शिवसायुज्य प्राप्त होस् भन्ने कामनाका साथ हार्दिक श्रद्धासुमन अर्पण गर्दछु

श्रद्धापूर्वक भावपूर्ण श्रद्धाञ्जली-मनोहर लामिछाने, वरिष्ठ अधिवक्ता

                              पिता रामचन्द्र भट्ट तथा आमा पद्मदेवी भट्टको कोखबाट विक्रम सम्वत् २००३ वैशाख १४ गते बैतडी जिल्लाको दशरथचन्द नगर...