Very gental, humble
दाजु गोपालसँग बाल्यकालदेखिकै सम्झना छन् । उहाँले धनगढीमा घर बनाउनु भएपछि पनि म उहाँको घर गइरहन्थेँ । मलाई बडो प्रेम गर्नुहुन्थ्यो । म पनि उहाँलाई आदर गर्थें । उहाँ शान्त, भव्य र सभ्य व्यक्ति हुनुुहुन्थ्यो । दाजु कसैको आँखामा राखे पनि नबिझ्ने सज्जन व्यक्ति हुनुुहुन्थ्यो । उहाँलाई म कुलको दीपक मान्दछु । सादर नमन पुण्य आत्मालाई । दाजु हाम्रो सम्झनामा बाँचिरहनुभएको छ । बैतडी, कुमालीमा जन्मेर उहाँले आध्यात्मिक, सामाजिक जीवनलाई साकार बनाउनु भयो । एक सादगीपूर्ण जीवन बाँच्ने दाजुको जीवन हामी सबका लागि प्रेरणाको स्रोत हो ।
No comments:
Post a Comment