साह्रै सरल, व्यवहारिक, बौद्धिक व्यक्तित्व हुनुहुन्थ्यो । उहाँको आत्माको शान्ति पाओस्, हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।
तपराज जोशी
धनगढी २, सरस्वतीनगर
९८५८४२४८९२
मेरो ब्रतबन्ध गर्ने मलाई वैदिक मन्त्र प्रदान गर्ने गुरुज्यूको स्वर्गवासले साह्रै दुःखी छु, गुरुको आत्माको स्वर्गवासको कामनाको साथै शोकसन्तप्त परिवारमा धैर्य धारण गर्ने शक्ति श्री जगन्नाथ बाबा एवं परमेश्वरले प्रदान गरुन, गुरुप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दछु ।
गोकर्णबहादुर चन्द
दार्चुला लुइटा
हाल धनगढी उपमहानगरपालिका–२, बैयाबेहडी
९८४८४४७३३७
हाम्रा परम आदरणीय एवं हितैषी दाज्युको देहान्तको खबरले मर्माहित भएका हौं । यस शोकको घडीमा शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस् र उहाँको आत्माको परमधाम वास होस् भनी शिव बाबासँग लौकिक प्रार्थना, परलौकिक आत्माद्वारा सहरिहान गर्दछु ।
धर्मराज कोइराला
धनगढी–४
९८४८४२२०७४
हाम्रो आदरणीय गोपाल सरको, हितैषी सरको २०७७÷०४÷०८ गते देहावसान भएकोमा हामी कृतज्ञ भएका छौं । उहाँको आत्माको चिरशान्तिको कामना गर्दछौं ।
चक्रदत्त दाहाल
धनगढी, शिवनगर
९८००६५२७५२
आत्मीय मित्र डा.पुष्करराज भट्ट तथा हेमराज भट्टका पिताश्री गोपालदत्त भट्टज्यूसँग जतिबेला देखि परिचित हुने मौका मिल्यो, स्वर्गीय भट्टको आध्यात्मिक विचारबाट प्रभावित भएँ । उहाँको विचार मननयोग्य थियो । उहाँको निधनबाट मर्माहत हुँदै उहाँको मृत आत्माले शिवलोक प्राप्ति र शोकाकुल परिवारप्रति ईश्वरले धैर्यधारण गर्ने शक्ति प्रदान गरुन्, भनी समवेदना टक्रयाउँछु ।
मेघनाथ बन्धु
धनगढी–१२, जुगेडा
९८४८४६९६३९
आत्मीय मित्र हेमराज भट्ट तथा साहित्यकार पुष्करराज भट्टका पिताज्यू आदरणीय गोपालदत्त भट्टज्यू एक सरल एवं सादगी जीवनका प्रतिमूर्ति हुनुहुन्थ्यो । उहाँको सादगी जीवनशैली प्रति अत्यन्त प्रभावित भएको थिएँ । उहाँको आकस्मिक भएको निधनले मलाई अत्यन्त मर्माहित बनाएको छ । मृत आत्माको चिर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा ईश्वरले धैर्यधारण गर्ने क्षमता प्रदान गरुन् भन्ने कामना गर्दछु ।
उमाकान्त जोशी
धनगढी–१८, कैलाली
९८४८६४०६२५
हाम्रा अति स्नेही बह्मकुमारीजका सदस्य, त्यागी, तपस्वी, सन्तपुरूष गोपालदत्त भट्ट दाजुको ईश्वरप्रति समर्पण भाव थियो । उहाँमा ईश्वरप्रति निश्चय, ईश्वरकै बच्चा हुँ भन्ने निश्चय र नशा रहिआएको हामीले देख्यौं । आत्मिक भाव, समभाव, विश्वकल्याणको उहाँमा भाव उहाँमा सदैव रह्यो । देहको अभिमान समाप्त पार्दै आफ्नो सम्पूर्ण देवता समान बन्ने पुरुषार्थमा लाग्नुभयो र फरिश्ता स्वरुपलाई प्राप्त गर्नुभयो । उहाँ जहाँ गए पनि आध्यात्मिक सुखशान्तिको सम्पन्न स्थान मिलोस्, शोक सन्तप्त परिवारमा ईश्वरले धैर्य धारण गर्ने शक्ति दिउन, यहि कामनाका साथ ।
ब्र.कु. महेन्द्रप्रसाद खनाल
ब्रहकुमारीज धनगढी
९७४८००४३७५
डा. पुष्करराज भट्ट र हेमराज भट्टका पिता गोपालदत्त भट्टको असामयिक निधनप्रति दुःख प्रकट गर्दछु । मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दछु । शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दछु ।
२०७७÷०४÷११ मनोज भट्ट
केन्द्रीय सदस्य
राष्ट्रिय जनमोर्चा
९८४९०३८७२३
डा. पुष्करराज भट्ट र हेमराज भट्टका पिता गोपालदत्त भट्टको असामयिक निधनप्रति दुःख प्रकट गर्दछु । उहाँको असमायिक निधनप्रति दुःख व्यक्त गर्दछु । साथै मृतक परिवारजनप्रति धैर्यधारणको कामना गर्दछु ।
२०७७÷०४÷११ प्रशान्त थापा
अखिल नेपाल युवक संघ
केन्द्रीय सचिव
९८६८४४९२९२
मेरा परम मित्र साहित्यकार डा. पुष्करराज भट्टज्यूका पिता गोपालदत्त भट्टको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । साथै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दछु ।
२०७७÷०४÷११
बाबुराम आचार्य
प्रलेस केन्द्रीय सचिव
९८४८५३४२०५
मेरा आदरणीय साथी, गुरु, स्वाभिमानी व्यक्ति श्री गोपालदत्त भट्टज्यूको असामयिक निधन भएकोले
साह्रै दुःख लागेको छ । उहाँको मृत आत्माको चिरशान्तिको कामना गर्दछु साथै उहाँका आफन्तजनमा
समवेदना प्रकट गर्दछु ।
२०७७÷०४÷१२
प्रेम चन्द
अधिवक्ता
आदरणीय मित्र गोपालदत्त भट्टको असामयिक निधनको खबरले स्तब्ध भएका छौं । मृत्युको स्मरण र खबरले मनुष्यमा एक प्रकारको नैराश्य उत्पन्न हुन्छ र म पनि मर्ने हुँ भन्ने अनुभूति जाग्दछ । गोपालदत्त भट्टलाई चिनेदेखि उनको सज्जनता र सुशीलता अनुकरणीय रह्यो । सात्विक भोजन गर्ने सात्विक वृत्तिका भट्टजी यस युगका सन्त, साधु, ऋषि हुन् । उहाँको पुण्यात्माको बैकुण्ठ वास होस् भन्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौं ।
२०७७÷०४÷१३
महेन्द्रराज पन्त
गणेशराज जोशी
मदनराज पन्त
हाम्रो नोहाटी (कुमाली) भट्ट परिवारका अति मिलनसार मृद्धभाषी सरल व्यक्तित्व, सुखदुखका साथी भाई गोपालदत्त भट्टको असामयिक निधनले सम्पुर्ण भट्ट परिवारमा क्षति पुग्न गएको छ । दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै हामी दुखित सम्पुर्ण भट्ट परिवारले समवेदना प्रकट गर्दछौं ।
टीकाराम भट्ट
भुवन शंकर भट्ट
लीलाधर भट्ट
गोबरिया, महेन्द्रनगर
आदरणीय साहित्यकार मित्र डा. पुष्करराज भट्ट तथा हेमराज भट्टज्यूका पुजनीय पिता गोपालदत्त भट्टज्यूको असामयिक निधनले स्तब्ध बनाएको छ । मैले चिनेदेखि नै उहाँ हामीलाई मार्गनिर्देशन गरिहनु हुन्थ्यो । सत्य, अनुशासन, इमान्दारिता आदि विविध विषयवस्तुमा उहाँका प्रेरणादायी दिव्य वचन सुनिरहन पाउँथ्यौं । अत्यन्तै सरल, सहज, सादगी व्यक्तित्व स्व. भट्टज्यूप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामना गर्दछु ।
टोपेन्द्र शाह
धनगढी–८, क्याम्पस रोड
आदरणीय अग्रज साहित्यकार तथा आत्मीय मित्र डा. पुष्करराज भट्टज्यूका पूज्य पिताज्यूको असामयिक निधनप्रति स्तब्ध भएका छौं । मृतकको आत्माको चिर शान्तिको कामना व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा शोकको यस घडीमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस् । शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दै स्वं पिताजीमा हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौं ।
हेमबाबु लेखक रमेश पन्त मितबन्धु
साहित्यकार तथा
प्रलेस कञ्चनपुर परिवार
आदरणीय गोपाल भट्ट दाजुको असामयिक स्वर्गारोहणको खबरले हामी सम्पूर्ण परिवारका सदस्यहरू अत्यन्त मर्माहित भएका छौं । उहाँको आत्माको चिर शान्तिको कामना गर्दछौं ।
२०७७÷०४÷१३ अमरबहादुर चन्द
मोबाइल ः ९८४३६११९९०
धनगढी–४, ओमशान्ति टोल
आदरणीय फूफाजु गोपालदत्त भट्टको असामयिक स्वर्गारोहण भएको दुखद खबरले हामी सम्पूर्ण परिवार दुःखी एवं मर्माहत भएका छौं । यस दुःखद घडीमा मृत आत्माको चिर शान्तिको कामना सहित शोकाकुल परिवारमा धैर्य धारण गर्ने क्षमता होस् भन्ने कामना गर्दछु ।
यादवप्रसाद भट्ट
धनगढी–३, मित्रनगर
२०७७÷०४÷१३
परम मित्र नेपाल राष्ट्र बैंकका पूर्व कर्मचारी संघका सदस्य रहनु भएका मिलनसार व्यक्ति गोपालदत्त भट्टको असामयिक निधन भएकोमा शोक प्रकट गर्दछौं । आत्माको शक्ति पाओस, हार्दिक श्रद्धाञ्जली प्रकट गर्दछौं ।
भोजराज जोशी तथा साथीहरू
हाम्रा परम स्नेही मित्रको असामयिक निधनबाट म अत्यन्त मर्माहत भएको छु । उहाँ अत्यन्त सरल, मिलनसार एवं सहृदयी व्यक्तित्व हुनुहुन्थ्यो । शोकसन्तप्त परिवारलाई यस कठोर पीडाको घडीमा सहनशक्ति प्राप्त होस् भन्ने कामनाका साथै उहाँको आत्माको चिरशान्तिको कामना गर्दछु ।
महेशदत्त पाण्डेय
२०७७÷०४÷१३
परम स्नेही श्रद्धेय श्री गोपालदत्त भट्टजीको असामयिक निधन भएको खबर बाबुराम आचार्यजीले बिहान घुम्न जाने बेलामा सुनाउनको भएको थियो । त्यस बखत म साह्रै मर्माहत भएको थिएँ । उहाँ साह्रै नम्र योगी प्रवृत्ति, सदाशयी व्यक्तित्व हुनुहुन्थ्यो । सबै अमृतमय सज्जन व्यक्तित्व हुनुुहुन्थ्यो । उहाँको स्वर्गवास होस् भन्ने कामना गर्दछु । परिवार सबैलाई ईश्वरले शान्ति सित बस्ने सुअवसर प्रदान गरोस्् भन्ने हार्दिक मंगलमय कामना गर्दछु ।
दामोदर अवस्थी
धनगढी–२, रुबस होटलको पूर्व लाइन
२०७७÷०४÷१३
समाजसेवी श्री गोपालदत्त भट्टको असामयिक निधनमा हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु ।
विकास जोशी
हसनपुर–५, धनगढी
समाजसेवी श्री गोपालदत्त भट्टज्यूको असामयिक निधनमा हामी टोलवासी असाध्य मर्माहत भएका छौं । उहाँको आत्माको चिर शान्तिको कामना सहित हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु ।
टेकबहादुर बम
हसनपुर–५, धनगढी
नेपाल राष्ट्र बैंकका कर्मचारी श्री गोपालदत्त भट्टको असामयिक निधनले हामी बैंक परिवार दुःखी छौं । शोकसन्तप्त परिवारप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उहाँको बैकुण्ठवासको कामना गर्दछु ।
महेन्द्रदेव पाण्डेय
क्याम्पस रोड, धनगढी
पहिले बैतडी
आदरणीय जेठान श्री गोपालदत्त भट्टज्यूको असामयिक निधनमा हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु साथै शोकसन्तप्त परिवारलाई ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरुन् ।
नन्दराज बिष्ट
हाल ः तारानगर
पहिले ः रिठाचौपाता, दार्चुला
आदरणीय मित्र श्री गोपालदत्त भट्टज्यूको असामयिक निधन भएकोमा हार्दिक श्रद्धाञ्जली सहित शोकसन्तप्त परिवारमा परमेश्वरले धैर्यधारण गर्ने शक्ति प्रदान गरुन् ।
देवराज बिष्ट
तारानगर, धनगढी
हार्दिक समवेदना ।
कीर्तिसिंह माल
धनगढी ४, उत्तरबेहडी
मृत आत्माको बैकुन्ठ वास होस्, हार्दिक श्रद्धाञ्जली ।
कमानबहादुर चन्द
हाम्रा कुलका अग्रज विद्वान, मिलनसार दाजुको अकल्पनीय असमय स्वर्गारोहणको खबरले स्तब्ध पारेको छ । अग्रज दाजुको स्वर्गारोहण भएपनि दाजुको स्नेह, आशिष, सधैँ सम्झनामा रहिरने छ, हार्दिक श्रद्धाञ्जली दाजु ।
खगेन्द्रराज भट्ट, कुमाली, नौहाट
हाल ः महेन्द्रनगर, कञ्चनपुर
स्वर्गीय गोपालदत्त भट्ट दाईको आज छैठौं पूण्य तिथिमा उपस्थित भई दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछु । स्वं दाजु गोपालदत्त भट्टको असामयिक निधनले मलाई हृदयदेखि नै दुःिखत बनाएको छ । उहाँ अत्यन्त मिलनसार, मृदभाषी र सरल व्यक्तित्वको धनी हुनुहुन्थ्यो । उहाँको असामयिक अवसानले परिवारजनमा परेको यस शोकघडीमा उहाँहरूलाई धैर्य धारण गर्ने शक्ति ईश्वरले प्रदान गरुन् । दिवंगत आत्मालाई स्वर्गमा स्थान मिलोस् भन्ने कामना गर्दछु, हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु ।
श्रेष्ठ प्रिया पत्थर
धनगढी ५
२०७७÷४÷१३
स्वर्गीय दाजु गोपाल भट्टज्यूको आज छैठौं दिनमा पूण्य तिथिमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारमा हार्दिक समवेदना प्रकट गर्दछु ।
हेमन्ती जोशी
धनगढी–२
आदरणीय मित्र नेपाल राष्ट्र बैंकका पूर्व साथी गोपालदत्त भट्टज्यूको असामयिक निधन भएकोले मृत आत्माको बैकुण्ठ वास होस् साथै शोकसन्तप्त परिवारमा ईश्वरले धैर्यधारण गर्ने शक्ति प्रदान गरुन् ।
हस्ताक्षर भएको नाम नभएको
श्रद्धेय मित्र बाजे गोपालदत्त भट्टज्यूको असामयिक निधन भएकोले मृत आत्माको बैकुण्ठ वास होस् साथै शोकसन्तप्त परिवारमा धैर्यधारण गर्ने शक्ति प्रदान गरुन्, हार्दिक श्रद्धाञ्जली ।
२ जनाको हस्ताक्षर नाम नभएको
आदरणीय दाजु गोपालदत्त भट्टको यही मिति २०७७÷०४÷०८ गतेका दिन असामयिक निधन भएकोले आजको छैठौं दिनको तिथिमा उहाँको चिर आत्माको शान्तिको कामना गदै शोकसन्तप्त परिवारमा ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरोस् भन्दै हार्दिक श्रद्धाञ्जली, समवेदना प्रकट गर्दछु ।
हस्ताक्षर मात्र नाम नभएको
आदरणीय मित्र नेपाल राष्ट्र बैंकका साथी गोपालदत्त भट्टज्यूको असामयिक निधन भएकोमा मृत आत्माको चिर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारमा ईश्वरले धैर्यधारण गर्ने शक्ति प्रदान गरुन भन्ने कामना गर्दछु ।
हस्ताक्षर भएको नाम नभएको
आदरणीय श्री गोपालदत्त भट्टज्यूको असामयिक निधन भएको आज सातौं दिनको तिथिमा उहाँको आत्माको शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारमा ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरोस् भन्दै हार्दिक श्रद्धाञ्जली प्रकट गर्दछु ।
हस्ताक्षर भएको नाम नभएको
आदरणीय मित्र श्री गोपालदत्त भट्टज्यूको यहि मिति २०७७÷०४÷०८ गतेका दिन आकस्मिक निधन भएकोमा मृतक आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारमा ईश्वरले धैर्य धारणको शक्ति प्रदान गरुन् भन्ने कामना गर्दछु ।
लक्ष्मीराज जोशी
धनगढी ६, सरस्वतीनगर
तथा ओमशान्ति भाई
आदरणीय दाजु स्व. गोपालदत्त भट्टलाई सम्झँदा अत्यन्त मिलनसार, सहयोगी, धार्मिक सांस्कृतिक परम्पराका ज्ञाता व्यक्तित्व हुनुुहुन्थ्यो । उहाँको स्वर्गारोहणले हामीलाई एउटा सच्चा मित्र, आदर्श पुरुष गुमाएको अनुभव भएको छ । उहाँको आत्माको चिरशान्ति प्राप्त गरोस् तथा परिवारजनमा परेको दुःख, शोकाकुल सबैमा धैर्यधारण गरी भगवानसँग प्रार्थना गर्दछौं ।
दामोदर भट्ट
द्विजराज भट्ट
लक्ष्मी जोशी
महेन्द्रनगर, कञ्चनपुर
हाम्रा मित्र कैलाली जनपुस्तकालयका आजीवन सदस्य तथा साहित्यकार डा. पुष्करराज भट्ट तथा उपप्राध्यापक भाइ हेमराज भट्टका पूजनीय पिता आदरणीय गोपालदत्त भट्टको असामयिक निधनको खबरले स्तब्ध भएका छौं । यस दुखद घडीमा स्व. आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु । स्वं भट्टले सामाजिक क्षेत्रमा पु¥याउनु भएको योगदानको स्मरण समेत गर्दछु ।
डा. टि.एन. जोशी
अध्यक्ष
कैलाली जनपुस्तकालय
धनगढी
हाम्रा आदरणीय आध्यात्मिक व्यक्तित्व श्री गोपालदत्त भट्टज्यूको असामयिक एवं दुःखद निधनप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछु । आत्मिय मित्र डा. पुष्करराज भट्ट लगायतका सपरिवारलाई पर्न गएको क्षतिप्रति शोक सन्तप्त परिवारमा हार्दिक समवेदना प्रकट गर्दछु । स्व. भट्टज्यूले समाजप्रति प्रदान गर्नुभर्एको योगदानको उच्च सम्मान प्रकट गर्दछु ।
हरिलाल गिरी
पशुपतिटोल, धनगढी
२०७७÷०४÷१५
समाजसेवी आध्यात्मिक व्यक्तित्व आदरणीय गोपालदत्त भट्टज्यूको असामयिक देहावसान भएकोमा स्व. आत्माको बैकुण्ठवासको कामना सहित दुःखको यस घडीमा पितावियोग सहन सक्ने शक्ति डा. पुष्करराज भट्टज्यू र उपप्राध्यापक हेमराज भट्टज्यूलाई परमेश्वरले प्रदान गरुन् । सम्पूर्ण शोकाकुल परिवारजनमा हार्दिक समवेदना ।
सिद्धराज पनेरु गोपाल हमाल
प्रदेश कमिटी सदस्य संयोजक
साझा पार्टी सु.प. साझा पार्टी सु.प. संयोजक
ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र धनगढीसँग आबद्ध यज्ञ सहयोगी, आध्यात्मिक व्यक्तित्व आदरणीय गोपालदत्त भट्टज्यूको असामयिक निधनले आध्यात्मिक जगतमा अतुलनीय क्षति भएको छ । उहाँको निधनप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं । उक्त आत्माको बैकुण्ठ वासको कामना सहित शोकसन्तप्त परिवारलाई परमात्माले शक्ति प्रदान गरोस् ।
२०७७÷०४÷१५
धर्मराज भद्व वीरबहादुर जेठारा (अधिवक्ता)
ब्रह्मकुमारी धनगढी चौराहा, धनगढी
आदरणीय मित्र डा. पुष्करराज भट्ट तथा हेमराज भट्टका पूजनीय पिता आदरणीय स्वं गोपालदत्त भट्टको असामयिक निधनले स्तब्ध बनाएको छ । यस दुःखद घडीमा मृतात्माको चिर शान्तिको कामना सहित शोक सन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दछु । स्व. गोपाल भट्टज्यूले गरेका सामाजिक, धार्मिक कार्यहरू सराहनीय भएकोले निजले पु¥याउनु भएको योगदानको ससम्मान कदर गर्दछु ।
कुलानन्द उपाध्याय
मुख्य न्यायाधिवक्ता
सुदूर पश्चिम प्रदेश, धनगढी (कैलाली)
हाम्रा आदरणीय गुरु, नेपाल राष्ट्र बैंकका भूतपुर्व कर्मचारी स्वर्गीय गोपालदत्त भट्टज्यूको असामयिक निधन भएको यस दुःखद घडीमा मृत आत्माको चिर शान्तिको कामनाका साथै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछु ।
प्रेम चन्द ठकुरी
हसनपुर–१, धनगढी
आदरणीय मित्र दाजु गोपालदत्त भट्टज्यूको स्वर्गारोहणको असामयिक निधन भएकोले दुःखको यस घडीमा धैर्य धारण गरी उहाँको बैकुण्ठ वासको कामना गर्दै घरपरिवारमा सुखशान्ति होस् र उहाँको चिरशान्तिको कामना गर्दछौं ।
विद्या भट्ट
२०७७÷०४÷१६
हाम्रा आदरणीय ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र धनगढीका सबैभन्दा पुराना सदस्य श्री गोपालदत्त भट्टज्यू आफ्नो भौतिक देहलाई त्याग गरी परमात्मा शिवको गोद लिनु भएको अर्थात अव्यक्त हुनु भएको यस घडीमा उहाँको आत्माको शान्तिको कामना सहित शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछौं ।
दलबहादुर रावल, धनगढी–४
रोहितकुमार शर्मा, धनगढी–३
हेमराज भण्डारी, धनगढी–२
ओम शान्ति–हाम्रा अति आदरणीय ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालयका धनगढी राजयोग केन्द्रलाई सदैव अगाडि बढाउनको लागि उन्नति, प्रगतिका लागि चिन्तनशील, लगनशील, योगी, तपस्वी अति नै सरल स्वभाव, मिलनसार र यस संस्थाका खम्बा संस्थापक सदस्य स्व. गोपालदत्त भट्टज्यूको निधनले संस्थालाई पनि अत्यन्तै पीडा र कमी महशुस गरिरहेका छौं । सो महान आत्माको चिर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दै म ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालयका सम्पूर्ण परिवारको तर्फबाट र मेरो तर्फबाट हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।
क्षेत्रीय सञ्चालिका
ब्रह्मकुमारी हिरा
हाम्रा मित्र पुष्करराज भट्टजीका पिता गोपालदत्त भट्टको मिति २०७७ श्रावण ८ गतेका दिन देहावसान भएकोमा अत्यन्त दुःख लागेको छ । यस असामयिक निधनमा स्व. गोपालदत्त भट्टप्रति श्रद्धाञ्जलि व्यक्त गर्दछौं । साथै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछौं ।
धर्मराज पाठक कार्यक्रम निर्देशक, फाया नेपाल
शेरबहादुर बस्नेत फाया नेपाल
सच्चिदानन्द जोशी फाया नेपाल
हाम्रा मित्र डा. पुष्करराज भट्ट र हेमराज भट्टका पिता गोपालदत्त भट्टको मिति २०७७ साल श्रावण ०८ गते बिहिवारका दिन भएको असामयिक निधनप्रति हामी अत्यन्तै पीडा महशुस गर्दै दुःखी छौं । यस पीडादायी र कठिन क्षणमा स्व. गोपालदत्त भट्टप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौं । साथै सम्पूर्ण परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौं ।
भीमबहादुर बोहरा जयमालिका कलेज
केशवप्रसाद न्यौपाने जयमालिका कलेज
भोजराज भट्ट क्याम्पस रोड
मेरा भाई गोपालदत्त भट्टको असामयिक देहावसानको खबरले स्तब्ध भएँ, यस दुखद घडीमा सम्पूर्ण परिवारलाई पर्न गएको दुखद घडीमा भगवानले धैर्य धारण गर्ने शक्ति प्रदान गरुन् साथै उहाँको आत्माको बैकुण्ठ वास होस् भनी समवेदना प्रकट गर्दछु ।
सत्यप्रकाश ओझा
धनगढी २, कैलाली
हाम्रा अनन्य मित्र साहित्यकार डा. पुष्करराज भट्टज्यूका पिताजीको दुःखद निधन भएकोले हामीलाई अत्यन्त दुःख लागेको छ । यस शोकको घडीमा भगवानले धैर्य धारण गर्ने क्षमता प्रदान गरोस् । शोकाकुल परिवारजन प्रति हार्दिक समवेदना साथै मृत आत्माको चिर शान्तिको कामना गर्दछु ।
हिमालय विक्रम विष्ट
अधिवक्ता
धनगढी, कैलाली
मोबाइल ः ९८४८४२२२४४
आदरणीय गुरु श्री गोपालदत्त भट्टज्यूको निधन प्रति समवेदना तथा उहाँको आत्माको सदा प्रभुका समक्षमा वास होस् भनी कामना गर्दछु र समस्त परिवारप्रति ईश्वरले सहन गर्ने शक्ति दिउन् ।
उहाँ एक असल मानव, मिलनसार, सबैको हित चाहने, अरुको हित नै सर्वोपरि सम्झने व्यक्ति हुनुहुन्थ्यो । असल व्यक्तिको सबैलाई आवश्यक हुन्थ्यो । मानव भएर असल काम ग¥यो भने त्यही एक सम्झना हुन्छ ।
कमान चन्द
हसनपुर–५, धनगढी
९८४८४२५१७४
आदरणीय गोपाल भट्टजी समाजमा साँच्चिकै एउटा वास्तविक मानव दर्जाका व्यक्तिका रूपमा मैले चिन्दथेँ । सादा जीवन उच्च विचार भन्ने भनाई उहाँमा चरितार्थ हुन्थ्यो । उहाँको यो छवि सदा मनमस्तिष्कमा रहिरहन्छ ।
गुणाकर पनेरु
२०७७–०४–१७ ९८४८४२२९९८
साहित्यकार डा. पुष्करराज भट्टसँगको चिनजान घनिष्ट सम्बन्धमा रुपान्तर भयो । आदरणीय दाइसँगको सोही सम्बन्ध घरायसी सम्बन्धमै परिणत भयो । सोही नाताले दाइका आदरणीय परिवारजनमा सम्बन्ध बन्नु मेरो सौभाग्य हो ।
पूजनीय अंकल गोपालदत्त भट्टलाई अति नजिकबाट चिन्ने मौका पाएँ । अति सरल, सभ्य र सादगी जीवनका उहाँ सामाजिक शान्तिका एक अभियन्ता हुनुहुन्थ्यो । स्वस्थ रहेकै अवस्थामा उहाँको आकस्मिक निधन हुनु मेरा लागि ज्यादै दुखद खबर थियो । दिवंगत अंकलको जीवनशैली अनुकरण योग्य छ । यो दुःखद घडीमा परिवारजनमा सहानुभूति व्यक्त गर्दै दिवंगत अंकलप्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्दछु ।
जनक रसिक
२०७७–०४–१७
आदरणीय साहित्यकार पुष्करराज भट्टसँगको निकटताले र साहित्यको माध्यमले उहाँजस्तो व्यक्तिसँग जोडिन पाउँदा आफूलाई अत्यन्त खुसी लागेको छ साथै यो सौभाग्य जस्तै लागेको छ ।
पूज्य अंकल गोपाल भट्टसँग नजिकबाट चिनाजान, भेटघाट तथा प्रत्यक्ष भेटघाट नभएतापनि उहाँको निधनको खबरले दुःिखत तुल्यायो । अंकलप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै सम्पूर्ण परिवारमा यो घडीमा समवेदना व्यक्त गर्दछु ।
२०७७÷०४÷१७ यमराज जोशी
पूजनीय काकाको मृत्युको खबर अपत्यारिलो÷अकल्पनीय थियो । त्यो दिन बहुत दुःखित र भावुक भएँ । आदरणीय साहित्यकार डा. पुष्करराज भट्टसँग साहित्यको नाताले नजिकिएपछि अपनत्व महशुस भयो । डा.पुष्करराज भट्टसँग नजिकिएपछि हाम्रो नाता पारिवारिक पनि रहेछ भन्ने थाहा भयो । आदरणीय आन्टी मञ्जु आफै पुष्कर दाइको बहिनी हो भन्ने थाहा भएपछि हामीलाई नजिक्यायो । काकासँगको मिठो सम्झना सेतो कुर्ता पाइजामाले लगाएर शालीन मुद्रामा हाम्रो पसल (समर्पण पुस्तक पसल)मा विद्युतको, टेलिफोनको बिल भुक्तानी गर्न आउनुहुन्थ्यो र ठ्याक्कै बुवाको याद आउँछ । बुवा पनि घरमा सादा पहिरनमा बस्नुहुन्छ गाउँमा । आदरणीय दाइ पुष्करराज भट्टसँगको नाता यसरी पारिवारिक रूपमा जोडिएपछि बहुत खुशी छु । काकाको आत्माले शान्ति पाओस्, साथै शोकसन्तप्त परिवारमा गहिरो समवेदना ।
डिल्लीराज ओझा ‘समर्पण’
समर्पण पुस्तक पसल, हसनपुर
मेरा अनन्य मित्रद्वय सुदूर पश्चिमाञ्चल साहित्य समाजका पूर्व सचिव एवं साहित्यकार डा. पुष्करराज भट्ट र ऐश्वर्य बहुमुखी क्याम्पसका प्राध्यापक श्री हेमराज भट्टका पिताश्री समाजसेवी एक साधक गोपालदत्त भट्टको असामयिक निधनले स्तब्ध बनाएको छ । यस शोकको घडीमा सम्पूर्ण परिवारजनमा गहिरो समवेदनाका साथै दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।
तीर्थराज पाण्डेय
उपाध्यक्ष
सु.प. साहित्य समाज
धनगढी
No comments:
Post a Comment