श्रद्धाञ्जलीका दुई शब्द


यज्ञराज यात्री 

बैतडी पूण्य भूमिमा, गोपाल भट्ट जन्मिए 

आध्यात्मिक अनि अनुरागी, मिलनसारी पनि थिए 

।।१।।

दुई हजार तीन सालैमा, वैशाख १४ गते

लिए जन्म धरा माझ, जो धरणी रत्न पुत्र थिए 

।।२।।

मताको नाम पद्मा थ्यो, रामचन्द्र थिए पिता

यिनै द्वारा सिकेका थिए, संस्कार अनि सभ्यता 

।।३।।

नेपाल राष्ट्र बैंकमा, जागीरे पनि यी भए 

अवकाश नहुन्जेल ती, त्यसै ठाउँ महाँ रहे 

।।४।। 

नैतिकवान बनुन सारा, भन्ने लक्ष्य लिईकन

लागे ती ओम शान्तिमा, पवित्र गरि तनमन

।।५।।

कहिल्यै पनि थाक्यैनन, अथक व्यक्तित्व भै रहे

आटिला भइ बाँचेमा, जगत भित्र हुँदैन के 

।।६।।

ओम शान्ति भनी मनमा, शान्तिका लागि लाग्नु भो

जोगाइ लोकमा मान्छे, स्वयंमा पनि जाग्नुभो, 

।।७।।

शान्तिका प्रिय मानिन्थे, गोपाल भट्ट लोकमा

नदेख्दा आज तिनलाई, लोक देखिन्छ शोकमा

।।८।।

कति प्यारो मिठो बोली, सुनी राखौं कि लाग्दथ्यो

तिनका दर्शन मात्रैले, मनमा शान्ति जाग्दथ्यो 

।।९।।

सेवाका लागि बाँच्नु हो भन्दथ्यो तिनको मन

व्यवहार टार्नका निम्ति, चाहिन्छ लोकमा छन

।।१०।।

संस्कृतिको समृद्धमा, लाग्यौ तनमन दीइकन

यस्ता मुर्धन्य व्यक्तिको, धन्य हो धन्य जीवन

।।११।।

व्यापारी भन्न मिल्दैन, आध्यात्मिक भन्न मिल्दछ

बाँच्यौ संसारमा हाँसी, सन्तनै भइ लगभग 

।।१२।।

धन्य हुन् जन्मदातृ ती, जसले सपूत जन्म दिए 

जो जन्मे हितका लागि, सच्चा गोपाल नै थिए 

।।१३।।

अर्काको उपकार गर्नू मानिसको धर्म हो 

दीनको लागि बाँच्नु नै नित्य नैमित्य कर्म हो ।

।।१४।।

दुःखीका दुःखमा रुनू, यौटा आध्यात्मवाद हो 

ती नै महान मानिन्छन्–समता राखि बाँच्छ जो

।।१५।।

दुई हजार सतहत्तरको श्रावण आठ गते तिनी

गए यो लोक छोडेर, बस्नू है जान्छु म भनी 

।।१६।।

बस्छन् ती स्वर्ग लोकैमा, कहिल्यै नफर्किने गरी

त्यस्ता मूर्धन्य व्यक्तिमा अर्पिन्छौं यो श्रद्धाञ्जली 

।।१७।।

राखुन ईश्वरले सङमा, तिनीलाई सधैभरी 

त्यस्ता उपकारीमा मेरो हृदयको श्रद्धाञ्जली 

।।१८।। 

जति लेखे पनि कम्ती हुन्छ व्यक्तित्व वर्णन

गर्दछू मर्न देखिनै, तिमी प्रति श्रद्धाञ्जली

।।१९।।

भौतिक देह गए पनिता, कर्ममा बासना छर्दै

लेखे यी शब्द श्रद्धाका, गोपाल भट्ट सम्झिदै 

।।२०।।

ऋणिछौ हामी धर्तीमा, तिम्रो उपकारले गरी,

गोपाल भट्टका प्रती, यज्ञराजको श्रद्धाञ्जली 

।।२१।।


No comments:

Post a Comment

श्रद्धापूर्वक भावपूर्ण श्रद्धाञ्जली-मनोहर लामिछाने, वरिष्ठ अधिवक्ता

                              पिता रामचन्द्र भट्ट तथा आमा पद्मदेवी भट्टको कोखबाट विक्रम सम्वत् २००३ वैशाख १४ गते बैतडी जिल्लाको दशरथचन्द नगर...