अविस्मरणीय अध्यात्मिक व्यक्तित्व-वीरबहादुर चन्द

          मानव जीवन अमूल्य सर्वश्रेष्ठ उपाय हो । प्रकृतिको यस अमूल्य उपहारको सदुपयोग जसले गर्न सक्छ, उही नै सफल हुन्छ । आफ्नो अनुभव, विवेकको चमत्कार देखाउन सफल हुन्छ र समाजको उज्वल तारा बन्न पुग्छ । जुन समाजका लागि उपयोगी बन्न पुग्छ । समाजउपयोगी हुनको लागि निस्वार्थ छलकपट रही निरन्तर जीवनका सकारात्मक सोच तथा दृढ उच्च विचारको आवश्यकता हुन्छ । संक्षिप्तमा भन्ने हो भने समाजसेवीले समाजलाई दिन्छन् मात्र, लिने काम गर्दैनन् । यस्ता काम आध्यात्मिक व्यक्तित्वबाट मात्र सम्भव हुन्छ किनभने आध्यात्मिक व्यक्ति भित्रबाट (आत्मा) निर्देशित हुन्छ । ध्येय नै सत्यताको केन्द्र हुन्छ । सत्यताका केन्द्रबाट निस्केका कुरामा कुनै दुविधा हुँदैन । त्यसमा सर्वमान्यता हुन्छ । उदाहरणको लागि आफूले आफैलाई चिमोटी काटेपछि पीडा भिन्न महशुस हुन्छ । त्यो एकलाई होइन, सबैलाई महशुस हुन्छ । त्यस्तै एक जना आध्यात्मिक व्यक्तित्व हुनुुहुन्छ–स्व. गोपालदत्त भट्ट । उहाँ मिलनसार, समाजसेवी, हँसमुख, प्रष्ट वक्ता, सादा जीवन र उच्च विचारका धनी थिए । 

२००३ वैशाख १४ गते दशरथ चन्द नगरपालिका–५, कुमाली (बैतडी) आमा पद्मादेवी बुवा रामचन्द्र भट्टको कोखबाट जन्मनु भएको थियो । उहाँकी धर्मपत्नी राधिकादेवी भट्टका तीन सन्तान डा. पुष्करराज भट्ट, हेमन्ती भट्ट र हेमराज भट्ट छन् । वि.सं. २०३२ देखि धनगढीमा विभिन्न ठाउँमा डेरा गरेर बसेका थिए । वि.संं २०४१ देखि धनगढी–५ हसनपुरमा घर बनाई स्थायी रूपमा बस्दै आए । डडेल्धुरा, बैतडी, कैलाली नेपाल राष्ट्र बैंकमा सेवा पछि नेपाल राष्ट्र बैंकमा ३५ वर्ष सेवा गरेर २०५८ सालमा सहायक लेखा अधिकृतमा सेवानिवृत्त भए । वि.सं. २०५८–२०६८ सम्म कपडा व्यवसायमा संलग्न रहे । प्रजापिता ईश्वरीय विश्वविद्यालय, ओम शान्ति) मा दत्तचित्त भई २८ वर्षसम्म संलग्न रहेका थिए । ओम शान्ति, नेपाल राष्ट्र बैंक संघ कर्मचारी संघबाट सपत्नीक अभिनन्दन गरिएको थियो । वि.सं.२०७७ श्रावन ८ गते यस संसारबाट विदा भएता पनि उहाँको विभिन्न क्षेत्रमा दिएको सम्मान संस्मरणमा सधैँ रहिरहने छ । 

विद्यार्थी जीवनदेखिका साथी 

एउटा असल होनहार साथी गोपालदत्त भट्टज्यू सँग सन् १९६१ सालमा भारतमा पिथौरागढ जिल्लाको श्री सरस्वती देवसिंह हायर सेकेन्डरी विद्यालयमा पढ्दा देखि नै यो कलमकारको परिचय भएको थियो । पछि धनगढीमा उहाँ र उहाँको परिवारसँग बेलाबेलामा भेटघाट आदलिकुदलि हुँदै आएको छ ।

हामीहरू पिथौरागढमा रहँदा नेपाली विद्यार्थी संघमा पनि आबद्ध थियौं । पडोसी मित्र देश भारत भए पनि हामी नेपाली विद्यार्थीहरूमा अझै निकट सम्बन्ध हुन्थ्यो । 

योग्य पिताका योग्य सन्तान

योग्य पिताको योग्य सन्तान झैं यहाँ उल्लेख गर्न मन लाग्यो । भट्टजीका सबै सन्तान योग्य छन् । उनमा जेष्ठ सुपुत्र डा. पुष्करराज भट्टजीले साहित्यमा उच्च स्थान बनाएको छ । नेपालमा लघुकथा विधामा विद्यावारिधि गर्ने प्रथम व्यत्तित्व डा. पुष्करराज भट्टजीले नै हुन् । उहाँको क्रमशः प्रगति गर्दै जाने छ भन्ने कुरामा म विश्वस्त छु । उहाँको ऐतिहासिक डोटी प्रदेशको डोट्याली भाषा संरक्षण, सम्बर्धनमा योगदान पुर्याउनु भएको छ र अझै बहुमूल्य योगदानको खाँचो पुरा गर्ने योगदान मिल्ने पक्का छ । साथै उहाँ अहिले भाषा आयोगको सदस्य भै कार्यरत कार्यरत हुनुुहुन्छ । लोप हु लागेको भाषा, संस्कृतिलाई टेवा पुर्याउने  बारेमा विश्वस्त छु ।

अन्तमा, स्व. गोपालदत्त भट्टज्यू अध्यात्मिक क्षेत्र, सामाजिक क्षेत्र, व्यावसायिक क्षेत्र, आर्थिक क्षेत्रमा पुर्याउनुभएको योगदानको सम्मान अटल रहने छ । हामी सबैले यहाँको योगदानको कदर गर्ने नै छौं । उहाँको स्वर्ग लोकमा अटल वास होस्, यही हार्दिक श्रद्धाञ्जली छ । 

मुक्तक

ब्रह्माण्ड बाट फूल वर्षाउनु हुने छ 

रक्षाका ठूला झूल वर्षाउनु हुने छ 

यस धरातलमा विकृति बढ्दै छन् । 

शान्तिको विशाल मूल वर्षाउनु हुने छ ।


No comments:

Post a Comment

श्रद्धापूर्वक भावपूर्ण श्रद्धाञ्जली-मनोहर लामिछाने, वरिष्ठ अधिवक्ता

                              पिता रामचन्द्र भट्ट तथा आमा पद्मदेवी भट्टको कोखबाट विक्रम सम्वत् २००३ वैशाख १४ गते बैतडी जिल्लाको दशरथचन्द नगर...